टान अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रजातान्त्रिक,  महासचिवमा वामपन्थी समूह विजयी (सबै उम्मेदवारकाे मत परिणामसहित)

टान अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रजातान्त्रिक,  महासचिवमा वामपन्थी समूह विजयी (सबै उम्मेदवारकाे मत परिणामसहित)

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २१, २०७६

काठमाडाैँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएको छ । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा लाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी हुनुभएको हो ।
    
  निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याएर विजयी बन्नुभएको छ भने पराजित थापाले ४३८ मत प्राप्त गर्नुभएको थियो ।     सुवेदी प्रजातान्त्रिक समूह र थापा वामपन्थी समूहबाट प्यानलसहितको उम्मेदवारी घोषणा गर्नुभएको थियो । थापा समूहकी सरिता लामा महासचिवमा विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी कर्मा शेर्पालाई उहाँले १३ मतले पराजित गर्नुभएको छ ।

 नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रित प्रतिनिधित्व भएको छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित हुनुभएको छ ।

  त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित हुनुभएको छ ।

    कार्यसमिति सदस्यमा थापा समूहका पाँच जना ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टान निर्वाचन समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो ।