मलिंगाले पुरा गरे सय विकेटको कोसेढुंगा

मलिंगाले पुरा गरे सय विकेटको कोसेढुंगा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २२, २०७६

श्रीलंकाका तिब्र बलर लसिथ मलिंगाले चार बलमा चार विकेट लिंदै नयाँ इतिहास बनाएसँगै टी–२० क्रिकेटमा १०० विकेट लिने पहिलो खेलाडी समेत बने।

मलिंगाले क्रिकेट करिअरमा दोस्रो पटक चार बलमा चार विकेट लिने कीर्तिमान समेत बनाए। उनले यसअघि २००७ मा विश्वकपका दौरान यो उपलब्धी हासल गरेका थिए।

टी–२० सिरिजको तेस्रो खेलमा श्रीलंकाले पहिलो ब्याटिङ गर्दे ८ विकेटको क्षतीमा १२५ रन बनाएको थियो। जवाफमा न्युजिल्यान्ड १६ ओभरमा ८८ रनमा समेटियो। सामान्य लक्ष्य जोगाउनलई श्रीलंकन बलरहरुले कसिलो बलिङ गर्दे ३७ रनको जित किाल्न सफल भयो।  मलिंगाले ६ रन दिएर ५ विकेट लिए । यो उनको टी–२० करिअरकै उत्कृष्ट प्रदर्शन हो । 

मलिंगाको यो टी–२० मा दोस्रो ह्याट्रिक समेत हो। कुनैपनि खेलाडीले अहिलेसम्म यो उपलब्धी हासिल गर्न सकेका छैनन्।

मलिंगाको यो अन्तराष्ट्रिय क्रिकेटमा पाँचौ ह्याट्रिक समेत हो। मलिंगाले टेस्टमा १०१ र एकदिवसीय ३३८ विकेट लिएका छन्। यसअघि सर्वाधिक विकेट लिने रेकर्ड वसीम अक्रमको नाममा रहेको थियो।