९६ वर्षीय रे वुलेले तोडे गोताखोरमा आफ्नै रेकर्ड

९६ वर्षीय  रे वुलेले तोडे गोताखोरमा आफ्नै रेकर्ड

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २२, २०७६

काठमाडौं, एजेन्सी । आफ्नो ९६ औं जन्मदिनका अवसरा रे वुलेले समुद्रमा ४२ मिटर गोताखोरी लगाएर आफ्नै रेकर्ड तोडेका छन् ।

उनलाई ४२.४ मिटर गहिराईमा जान ४८ मिनेटको समय लागेको थियो । तीनवर्ष पहिले ९३ वर्षको उमेरमा उनी ४४ मिनेटमा ४०.६ मिटर गहिराईमा पुगेका थिए । 

उनको रेकर्डलाई यस पटक उनी आफैंले तोडेका छन् । उनले दोस्रो विश्वयुद्धमा पनि भाग लिएका थिए । उनी दोस्रो विश्व युद्धमा रेडियो अपरेटर थिए । 

साइप्रसका वुले ले २८ अगस्टमा आफ्नो ९६ औं जन्मदिन मनाएका थिए ।   प्रतियोगितामा ४७ जना गोताखोरले भाग लिएका थिए ।   रे वुलेले  भने  'मलाई गोताखोरी एकदमै मन पर्छ । अब अगाडि पनि म यस्तै गोताखोरी गर्छु र नयाँ रेकर्ड बनाएर बेग्लै उचाई हासिल गर्छु ।'

वूले दोस्रो  विश्वयुद्धमा रेडियो अपरेटर थिए । विश्वयुद्धको ७५ वर्ष पछि आफ्नो फिटनेस तथा गोताखोरीको कलाका कारण उनी शोसल मिडियामा चर्चामा आएका छन् । 

वूले को बहादुरी तथा यस्ता उपलब्धिलाई लिएर डकुमेंट्री पनि बनाइएको छ । जसको नाम ‘लाइफ बिगिन्स एट ९०’ । यसको प्रदर्शन बोस्निया हर्जगोभिना फिल्म फेस्टिभलमा गरिनेछ ।’