१२ वर्षीय बालकले एशेज श्रृखंला हेर्नका लागि ४ वर्षसम्म  फोहोर उठाए

१२ वर्षीय बालकले एशेज श्रृखंला हेर्नका लागि ४ वर्षसम्म  फोहोर उठाए

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २२, २०७६

काठमाडौं, एजेन्सी । अस्ट्रेलिया तथा इंग्लैंडका बीच हुने एशेज श्रृंखलालाई  क्रिकेटको उत्कृष्ट तथा सबैभन्दा शत्रुतापूर्ण खेल मानिन्छ । खेलमा रंगशाला भरिभराउ हुन्छ । श्रृंखला हेर्नका लागि हजारौं माइल टाढाबाट फ्यानहरु अस्ट्रेलिया तथा इंग्लैंड जाने गर्छन् । 

अस्ट्रेलियाका एक १२ वर्षीय बालक मैक्स वाइटले यो श्रृंखला इंग्लैंड गएर हेर्नका लागि ४ वर्ष फोहोर उठाए । अहिले उनी अस्ट्रेलियाका सबैभन्दा चर्चित फ्यान बनेका छन् । उनले इंग्लैंडमा टीमका लागि चियर समेत गर्दैछन् । 

मैक्सले सन् २०१५ मा अस्ट्रेलियाको होमग्राउंडमा आफ्नो टीमले वर्ल्ड कप जितेको हेरेका थिए । त्यसपछि उनले आफ्नी आमाका साथ एशेज श्रंखला हेर्न जाने योजना बनाएका थिए । त्यसबेला उनका पिता डैमियन वेटले यदि तिमीले १५ सय अस्ट्रेलियन डलर कमाएका खण्डमा तिमीलाई लिएर इंग्लैंड जान्छु भनेका रहेछन् । त्यसपछि उनले हरेक हप्ता छिमेकीको घर अगाडिको फोहोर उठाउन शुरु गरेका रहेछन् । यसका लागि मानिसले उनलाई एक अस्ट्रेलियन डलर लिने गर्थे । 

मैक्सले तत्पश्चात आफ्ना छिमेकीलाई पत्र लेख्दै फोहोर व्यवस्थापनका बारेमा विस्तारमा बताए । यसपछि छिमेकीले उनलाई धेरै पैसा दिन थाले । चार वर्ष लगातार उनले यस्तै काम गरे । 

जब उनी बिमारी भएका हुन्थे त्यसबेला उनको भाईले यो कामलाई निरन्तरता दिने गर्थे । 

पैसा पूरा भएपछि उनका बाबुले इंग्लैंडको टिकट बुक गराइदिए । 

उनका पिता डैमियन वेटले क्रिकेट डट कम डट एयुसँग भने, ‘यदि मैले उ सँग वाचा गरेको थिएँ भने त्यसलाई पुरा गर्नुपर्छ । मैले उसलाई निराश बनाउनु हुँदैन् ।’

एशेज हेर्न इंग्लैंड पुगेका मैक्सले आफ्नो मनपर्ने खेलाडी स्टीव स्मिथ तथा पैट कमिंससँग पनि भेटेका छन् । 

टीमको मैनचेस्टर यात्राको दौरान उनी बसमा मुख्य कोच जस्टिन लेंगरसँग बसेका थिए । लंच ब्रेकको समयम उनलाई  तेज बलर जेम्स पैटिंसनले अस्ट्रेलियाई खेलाडीहरुको हस्ताक्षर भएको टीम जर्सी उपहार दिएका थिए ।