शिक्षाका लागि राष्ट्रिय अभियानकाे नेतृत्वमा सुवेदी

शिक्षाका लागि राष्ट्रिय अभियानकाे नेतृत्वमा सुवेदी

लोकसंवाद संवाददाता  |  शिक्षा  |  भदौ २२, २०७६

काठमाडौँ । देशभर शिक्षामा क्रियाशील  शिक्षा अभियन्ताहरुको साझा सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको छैठौं साधरण सभाले  डिल्लीराम सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमितिको  निर्वाचन गरेको छ । 

 कार्यसमितिका  सदस्यहरुमा  राजेन्द्र पहाडी र  सान्त्वना केसी देवकोटालाई उपाध्यक्षमा, महासचिवमा  लालबहादुर ओली, सचिवमा  सुदर्शन सिग्देल र कोषाध्यक्षमा  टिकाराम आचार्यलाई  निर्वाचित गरेको छ । 

 त्यसैगरि सदस्यहरुमा  कुमार भट्टराई, शुभेन्द्रमान श्रेष्ठ, लवराज ओली, सत्य कुँवर, डा. आनन्द पौडेल,  कुन्ति राना, डा.  लक्ष्मी पौड्याल, पार्वती तामाङ, समिता मल्ल,  लक्ष्मण शर्मा, दुर्गा गिरिलाई निर्वाचित गरेको छ ।  
त्यस्तै, एनसिइको प्रदेश संयोजकमा निर्वाचित हुनुहुने आदरणीय शिक्षा अभियन्ताहरुमा राजेन्द्र ढकाल (प्रदेश १), रामप्रवेश साह (प्रदेश २), प्रकाश खतिवडा (प्रदेश ३), इन्दिरा पौडेल (गण्डकी प्रदेश), हरि अधिकारी (प्रदेश ५), तुलाराम पाण्डे (कर्णाली प्रदेश) र उद्धवसिंह ढाट (सुदूरपश्चिम प्रदेश) रहनुभएको छ ।