मलिंगाले पूरा गरे सय विकेटको कोसेढुंगा

मलिंगाले पूरा गरे सय विकेटको कोसेढुंगा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २२, २०७६

श्रीलंकाका तीब्र बलर लसिथ मलिंगाले चार बलमा चार विकेट लिँदै नयाँ इतिहास बनाएसँगै टी–२० क्रिकेटमा १०० विकेट लिने पहिलो खेलाडीसमेत बनेका छन् । मलिंगाले क्रिकेट करिअरमा दोस्रो पटक चार बलमा चार विकेट लिने कीर्तिमानसमेत बनाए। उनले यसअघि सन् २००७ मा विश्वकपका दौरान यो उपलब्धि हासिल गरेका थिए।

टी–२० सिरिजको तेस्रो खेलमा श्रीलंकाले पहिलो ब्याटिङ गर्दे ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्ड १६ ओभरमा ८८ रनमा समेटियो । सामान्य लक्ष्य जोगाउनलई श्रीलंकन बलरहरूले कसिलो बलिङ गर्दै ३७ रनको जीत किाल्न सफल भयो । 

मलिंगाले ६ रन दिएर ५ विकेट लिए । यो उनको टी–२० करिअरकै उत्कृष्ट प्रदर्शन हो ।

मलिंगाको यो टी–२० मा दोस्रो ह्याट्रिकसमेत हो । कुनै पनि खेलाडीले अहिलेसम्म यो उपलब्धि हासिल गर्न सकेका छैनन् । मलिंगाको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौँ ह्याट्रिकसमेत हो । मलिंगाले टेस्टमा १०१ र एक दिवसीय ३३८ विकेट लिएका छन् । यसअघि सर्वाधिक विकेट लिने रेकर्ड वसिम अक्रमको नाममा रहेको थियो ।