संसारको सबैभन्दा सानो घोडा !

संसारको सबैभन्दा सानो घोडा !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २३, २०७६

काठमाडौं, एजेन्सी । पोल्याण्डको बाम्बले घोडालाई संसारको सबैभन्दा सानो घोडाको रुपमा पहिचान गरिएकाे छ ।

गिनीज बुक अफ वर्ल्ड रेकर्डमा संसारको सबैभन्दा सानो घोडाको रुपमा यसको दर्ता ४ सेप्टेम्बरमा भएपछि यसले आधिकारिक मान्यता पाएको हो ।

यो घोड़ा पोल्याण्डको मिनिएचर अप्पालूसाको हो । यसको उचाई केवल ५६. ७ सेमी छ । 

यो सानो बाम्बले घोडा कासकडाको फार्म हाउसमा अन्य ठूला घोडाहरुसँगै बस्ने गर्छ ।

बाम्बलेका मालिक पेट्रीक तथा केटरजाइनाले सन् २०१४ मा यो केवल दुई महिनाको हुँदा देखेका थिए ।

त्यसबेला उनीहरुलाई लागेको थियो यसलाई केही कुनै रोग लागेको होला ।

तर, पछि उनीहरुलाई यो घोडा बढिरहेको छैन भन्ने थाहा भयो ।

त्यसपछि यदि यो घोडा नबढि यत्रै रहेको खण्डमा यसलाई गिनिज बुकमा दर्ता गराउने भन्ने सोचमा उनीहरु पुगे ।

र, ४ सेप्टेम्बरम त्यो दिन पनि आयो,  दर्ता भएकाे छ ।