गैरआवासीय नेपालीहरूका लागि सानिमाले ल्यायो ‘एनआरएन मुद्दती खाता’

गैरआवासीय नेपालीहरूका लागि सानिमाले ल्यायो ‘एनआरएन मुद्दती खाता’

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २३, २०७६

काठमाडौं : सानिमा बैंकले गैरआवासीय नेपालीहरूका लागि ‘सानिमा एनआरएन मुद्दती खाता’ ल्याएको छ। यो खाता गैरआवासीय नेपालीहरूले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा युरो मुद्रामा खोल्न सक्छन् ।

विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड स्टर्लिङमा ३ प्रतिशत र युरोमा २ प्रतिशतको उच्चतम ब्याजदर प्राप्त गर्न सकिन्छ ।

यो खाता खोल्दा न्यूनतम रकम १० हजार (अमेरिकी डलर, पाउण्ड स्टर्लिङ वा युरो) डिपोजिट गर्नुपर्नेछ ।

२ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भएपछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजानसक्ने बैंकले जानकारी दिएको छ ।

सानिमा बैंकका सातवटै प्रदेशमा गरी हाल ७९ वटाशाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा ए.टी.एम. रहेका छन् ।