लोकसंवाद टिप्पणी : दाहालको अभिव्यक्तिले ल्याएको तरङ

लोकसंवाद टिप्पणी : दाहालको अभिव्यक्तिले ल्याएको तरङ

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २६, २०७५

पार्टी एकताको १० महिना पनि नपुग्दै नेकपाका दुई अध्यक्षबिचको विवाद सार्वजनिक  हुन थालेको छ । अमेरिकाले भेनेजुएलाको आन्तरिक राजनीतिमा गरेको हस्ताक्षपको विषयलाई लिएर नेपालमा सत्तारुढका दुई अध्यक्ष बिच विवाद भएको हो ।  दलकै तर्फबाट एक्कसी वक्तव्य जारी गरे पछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष तथा सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीबिच आन्तरिक रूपमा नै विवादको बीजारोपण  भएको हो । अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य सार्वजनिक गरेपछि त्यसलाई लिएर पार्टी भित्र र बाहिर एक खालको विवाद उत्पन्न भएको थियो । 

यसरी विवादले उग्ररुप लिन थालेपछि २०७५ मात्र २१ गते सोमबारका दिन प्रधानमान्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दहालले जारी गरेको वक्तव्य सही रहेको ठहर गरेको विज्ञप्ति समेत जारी गरेको थियो । तर प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी ओलीले ‘जनतासँग प्रधानमन्त्री’ नामक एक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’ को संज्ञा दिएपछि आक्रोशित बनेका प्रचण्डले पनि आफूले ठिक गरेको, पार्टीले नै त्यसलाई ठिक समेत भनी सकेपछि व्यक्तिले बेठिक भन्नुको कुनै अर्थ छैन भन्ने जवाफ  पनि सार्वजनिक रूपमा नै दिए। चितवनमा सञ्चारकर्मीसँग कुराकानी गदै अध्यक्ष दाहालले ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने’ दाबी गरेका  थिए ।

एउटा व्यक्ति भनेर दाहालले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष ओलीतर्फ नै सङ्केत गरेको प्रस्टै देखिन्थ्यो ।उता ‘जनतासँग प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रममा ओलीले दाहाललाई अर्का अध्यक्ष नभनी ‘एक जना साथीले वक्तव्य दिनुभयो, त्यो आवश्यकता थिएन’ भनेका थिए । यसरी दुई अध्यक्षको जुहारी चलिरहेकै बेला दाहालले फेरी एउटा कार्यक्रममा सरकारको समेत चर्को आलोचना गरेपछि झनै विवाद झन् बढ्ने बाटोमा गएको नेता कार्यकर्ताहरू नै बताउन थालेका छन् । 

आफ्नो पार्टी नेतृत्वको सरकारको कार्यशैलीको कडा आलोचना गर्दै ‘हिजो लडाइँमा सहभागी हुने, आन्दोलनमा सहभागी हुने र शान्तिप्रक्रियामा खुसीयाली मनाउने प्रत्येकले एकचोटी निधार खुम्च्याएर सोच्नुपर्ने’ बेला आएको भन्दै सरकारी रवैयाको आलोचना गर्न पुगे । सरकार विरुद्ध कडा रूपमा प्रस्तुत भएका प्रचण्डले ‘सुशासन र समृद्धिका निम्ति शान्ति सम्झौता र संविधानमा उल्लेख गरिएका विषयको इमानदार कार्यान्वयन सबैको ऐतिहासिक जिम्मेवारी रहेको’ भनाइ राखेका थिए । 

थप दाहालको भनाई थियो यो विषयलाई हल्लाफुल्का रूपले लिइएको छ भने अब देशलाई धेरै गाह्रो पर्न सक्छ,’ भन्दै दाहालले बोलेको विषयलाई पूर्व एमालेहरूले भने यस भनाइलार्ई धम्क्याएको अर्थ्याउन थालिएको छ ।

प्रचण्डको सोही कार्यक्रममा माओवादी सकिएको ठाने झन् ठुलो माओवादी र युद्ध निम्तिने चेतावनी छ दाहालले संविधानलाई आत्मसात् गरेर ऐन बनाउने र ऐनलाई इमानदारी साथ कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने समेत बताएर पार्टीमा ठुलै असन्तुष्टि भएको सङ्केत दिएका छन् अध्यक्ष दहालले उपेक्षित र विभेदमा पारिएका सबैलाई सन्तुष्टि र उनीहरूलाई यो देशको मालिक बन्यौ भन्ने अनुभूति दिलाउने विषयलाई हल्का रूपमा लिए त्यसले दुर्भाग्य निम्त्याउने चेतावनी समेत दिन भएका थिए । 

 ‘बिस्तारै, बिस्तारै माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने अर्को माओवादी जन्मिन्छ र झन् ठुलो लडाइँ हुने खतरा आउँछ,’ उनको यो अभिव्यक्ति ओलीप्रतिको लक्षित छ । दाहालले फेरि मधेसमा एक ढङ्गले र पहाडमा अर्को ढङ्गले विकराल स्थिति उत्पन्न हुन सक्ने भन्दै हिजोजस्तै सजिलै १२ बुँदै र शान्ति सम्झौतामा हस्ताक्षर तथा सजिलै शान्तिपूर्ण माध्यमबाट युगान्तकारी परिवर्तनतर्फ लैजाने अवस्था नआउने भनी  चेतावनी समेत दिएका छन् । 
यसअभिव्यक्तिसँगै नेकपाभित्र एक प्रकारको तरङ नै पैदा भएको छ । नेकपाका कार्यकर्ताहरूले अब कुन युद्धको कुरा गरेको हामीले १० वर्ष त भोगी सक्यौ भनेर सामाजिक  सञ्जालहरूमा  भन्न थालेका छन् । यो विषयलाई समयमा नै समाधान गरेर पार्टी एकताका बाँकी कामलाई सक्नुपर्ने विषयलाई दुवै अध्यक्षले बिर्सेका रूपमा लिन थालिएको छ भने नेकपाका कार्यकर्ताहरू भने एमाले र माओवादी नामका दुई खुकुरी एउटै दापभित्र पसिसकेको र अब यस्तो हुन नहुने भन्दै केही कार्यकर्ताहरूले यसको आलोचना समेत थालेको छ  । उनीहरूले देशी विदेशी शक्तिको पछाडि लागेर नेताहरूका विभिन्न अभिव्यक्ति दिनुलाई त्यो शुभनिय मानिएको छैन ।  
पार्टी बैठकले नै विवादको विषयको निरूपण गरिसकेपछि कुनै शक्तिकेन्द्र रिझाउनको लागि सार्वजनिक अभिव्यक्ति दिनु भनेको नेतृत्व यो वा त्यो बहानामा पार्टी एक्ताका बाँकी काममा भाँजो हाल्न उद्यत भएको देखिन्छ । जुन अभिव्यक्तिको सवाल जवाफ भइरहने हो भने सरकार र पार्टी एकता समेत सङ्कटमा  तर्फ उन्मुख हुन थालेको त हैन भन्ने प्रश्न उठ्न थालेकाे छ ।