चीनले पायो ३ अर्ब प्रकाश वर्ष टाढाबाट रेडियो सन्देश

चीनले पायो ३ अर्ब प्रकाश वर्ष टाढाबाट रेडियो सन्देश

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ २३, २०७६

बेझिङ, आइएएनएस । चीनका खगोलविद्हरुले सूदूर अन्तरिक्षबाट रेडियो संकेत प्राप्त गरेका छन् । खगोलविद्ले यो सन्देश ३ अर्ब प्रकाशवर्ष टाढाको अन्तरिक्षबाट प्राप्त गरेका हुन । 

 चिनीया खगोलविद्ले ‘फास्ट रेडियो बस्र्टस’ (एफआरबी) जस्तो संकेत प्राप्त भएको बताएका छन् । 

स्मरण रहोस ३ अर्ब प्रकाश वर्ष दूरी भनेको पृथ्वी र सूर्यको दूरी भन्दा करोडौं गुना वढी दूरी हो ।  पृथ्वी र सूर्यको दूरी जम्मा १४ करोड ९६ लाख किमि छ । यसैगरी पृथ्वी र मंगलग्रहको अधिकतम दूरी ४० करोड १० लाख किमि, पृथ्वी र बृहस्पति ग्रहबीचको अधिकतम दूरी ९६ करोड ८० लाख किमि, पृथ्वी र शनि ग्रहको दूरी १ अर्ब ६९ करोड ९४ लाख ५६ हजार किमि र पृथ्वी एंव अरुण ग्रह बीचको अधिकतम दूरी २ अर्ब ९९ करोड ५४ लाख ८० हजार किमि रहेको छ । 

अरुण ग्रहबाट प्रकाश वा रेडियो सन्देशलाई पृथ्वीमा आइपुग्न झण्डै १० हजार सेकेण्ड अथवा १६६ मिनेट वा २.७७ घण्टाको समय लाग्छ । हाम्रो सौर्यमण्डको सिमाना २२ अर्ब किमिसम्म रहेको मानिन्छ । 

तीन अर्ब प्रकाश वर्ष टाढाको अर्थ यो सन्देश उत्पति भएको तीन अर्ब वर्षपछि पृथ्वीसम्म आइपुगेको हो । भनौ, यो सन्देश उत्पत्ति हुँदा पृथ्वीमा प्रारम्भिक कोशिकाहरु मात्रै अस्तित्वमा आएका थिए । 

चिनीया विज्ञान एकेडमीको राष्ट्रिय खगोल वेधशाला (नेशनल एष्ट्रोनोमिकल आब्जरभेट्रीज अफ चाइना, चाइनीज एकेडमी अफ साइन्स) का शोधकर्ताहरुका अनुसार उनीहरुले ‘५०० मिटर अर्पाचर स्फेरिकल रेडियो टेलिस्कोप (APERTURE SPHERICAL RADIO TELESCOPE) बाट यो संकेत प्राप्त गरेको हो ।  उनीहरु प्राप्त भएका यी संकेतलाई सतर्कताका साथ परीक्षण गरिरहेका छन् । 

चीनिया वैज्ञानिकले आफ्नो टेलिस्कोपमा अत्यधिक सम्वेदनशील ‘एफआरबी’ सिस्टम स्थापित गरेका छन् । चीनसँग विश्वकै सबैभन्दा ठूलो ‘फिल्ड अर्पाचर रेडियो टेलिस्कोप’ छ । चीनले स्थानीय भाषामा यस टेलिस्कोपलाई ‘तियानयान’ (TIANYAN) नाम दिएको छ । 

दक्षिणी पश्चिमी चीनको गुइझाउ प्रान्तमा रहेको यस टेलिस्कोपको गणना ‘सिंगल डिश अर्पाचर टेलिस्कोप’ श्रेणीमा भन्ने रुसको च्ब्त्ब्ल्–६०० पछि दोस्रो नम्बर आउँछ । ‘फिल्ड अर्पाचर रेडियो  टेलिस्कोप’ को श्र्रेणीमा भने ‘तियानयान’ विश्वकै ठूलो टेलिस्कोपमा गणना हुन्छ । 

वैज्ञानिकहरुका अनुसार सूदूर अन्तरिक्षमा ‘फास्ट रेडियो बस्टर्स’ धमाकाको रुपमा हुन्छ, तर तिनको अवधि भने अत्यन्त न्यून, भनौ केही मिलीसेकेण्डको मात्रै हुन्छ ।

 वैज्ञानिकहरुलाई यी धमाका हुने र ‘फास्ट रेडियो बस्टर्स’ संचारित हुने कारणबारे केही ज्ञान छैन । उनीहरुको भनाइ छ, ‘पटकपटक यस्ता रेडियो सन्देश ‘रिसिभ’ गरेर हामी यिनका उत्पत्तिका बारेमा बुझ्न सक्छौं ।’ 

चिनिया खगोलविद्ले अगस्ट महिनाको अन्तिम सातादेखि सेप्टेम्बरको पहिलो साताभित्र १०० भन्दा बढी ‘रेडियो वस्टर्स’ रेकर्ड गरेका छन् । 

पृथ्वीमा सबैभन्दा पहिलो ‘फास्ट रेडियो बस्टर्स’ खोज गर्ने श्र्रेय अष्ट्रेलियाका डंकन लोरिमेर RATAN– ६०० र उनका विद्यार्थी डेभिड नारकेभिकलाई प्राप्त छ । उनीहरुले २००७ मा अष्ट्रेलियाको ‘फास्ट रेडियो डिश टेलिस्कोप’बाट प्राप्त डेटा विश्लेषण गरेर ‘फास्ट रेडियो बस्टर्स’ पत्ता लगाएका थिए ।