नेपाल र चीनबीच तीन वटा सम्झौता, विदेशमन्त्री वाङ यी मंगलबार स्वदेश फर्कने

नेपाल र चीनबीच तीन वटा सम्झौता,  विदेशमन्त्री वाङ यी मंगलबार स्वदेश फर्कने

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २४, २०७६

काठमाडौँ  । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा २०७६ भाद्र २३  सोमबार नेपाल र चीनबीच दुई वटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर  गरिएकाे छ । 

काठमाडौँ  स्थित होटल याक एण्ड यतीमा परराष्ट्रमन्त्रीस्तरीय वार्ता  पश्चात नेपाल र चीनबीच तीन वटा सम्झौतामा हस्ताक्षर गरिएको हाे ।   चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थिति र आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व  गर्नु भएको  थियाे ।

पहिलो सम्झौता मनाङमा अस्पताल बनाउने छ । करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने भएको छ । अर्को सम्झौता आपतकालीन राहतका लागि गृह मन्त्रालयलाई पाँच हजार ५ हजार टेन्ट उपलब्ध गराउने र बाढीपहिरोबाट प्रभावितलाई १ करोड ६० रुपैयाँ सहयोग उपलब्ध गराउने सहमति भएको छ । दुबै सम्झौतामा अर्थसचिव राजन खनाल र चिनियाँ अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिआइसिडीए) का उपाध्यक्ष डेङ बोकिङले  हस्ताक्षर  गर्नु भएकाे हाे । अर्को सम्झौता अनुसार  नेपालका विभिन्न विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुमा चिनियाँ भाषा पढाउने  चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेछन् । समझदारीपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश्वर दाहाल र नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गर्नु भएकाे छ । 

तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ २०७६ भाद्र २४ मंगलबार स्वदेश फर्कने कार्यक्रम  रहेको छ।