पाल्तु बिरालोको  पहिलो क्लोन बनाउने  कार्यमा सफलता

पाल्तु बिरालोको  पहिलो क्लोन बनाउने  कार्यमा सफलता

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २४, २०७६

काठमाडौं, एजेन्सी । चीनको सिंगोजीन कम्पनीलाई बिरालोको पहिलो क्लोन बनाउने सफलता मिलेको छ ।  गार्लिक नामक पाल्तु बिरालोको यो हुबहु नक्कल हो । गार्लिक बिरालो मरेको ७ महिनापछि उसको क्लोन बिरालो जन्मिएको हो । 

गोजीन क्लोन बनाउने बेइजिंगको पहिलो र सफल कम्पनी बनेको छ । यो बिरालोको क्लोन बनाउन ४० लाख रुपैयाँ खर्च  लागेको बताइएको छ । क्लोनद्वारा बनेको बिरालो सक्कली बिरालो गार्लिकसँग ९० प्रतिशत मिल्दोजुल्दो छ । 

कैयौं देशमा क्लोनद्वारा पाल्तु जनावर बनाउनु गैरकानूनी छ । तर, अमेरिका तथा चीनले भने यसलाई मान्यता दिएका छन् । गायीका बारबराले आफ्नो कुकुरको क्लोन बनाउँदा उनी चर्चामा आएकी थिइन् । 
सन् २००१ मा पहिलो पटक क्लोनद्वारा बिरालो बनाइएको थियो जसको नाम सिसि राखिएको थियो । 

सिंगोजीनका मुख्य कार्यकारी अधिकारी मी जिडोंग भन्छन, ‘पैसा अधिक भएपनि क्लोनको मागमा कमी छैन । यसभन्दा पहिले हामीले कुकुरको क्लोन बनाएका थियौं । त्यो पहिलेको कुकुरको तुलनामा ४० प्रतिशत मात्र मिल्दोजुल्दो थियो । पाल्तु जानवरको जसरी उत्पत्ति भएपनि तिनका मालिक तिनलाई आफ्नो परिवारको हिस्साका रूपमा हेर्छन् । क्लोनिंगबाट बनेको पाल्तु जनावर अहिलेको युवा पींढ़ीको भावनात्मक जरूरत पुरा गर्ने गर्छ ।’ 

आफ्नो पाल्तु बिरालो गार्लिकको क्लोन बनाउन लगाउने २३ वर्षीय हुआंग यु ले भने, ‘जब गार्लिक मर्यो म धेरै दुखी भएँ । उसकको मृत्युको लागि म आफूलाई नै दोषी मान्छु । मैले उसको राम्रोसँग हेरविचार गर्न सकिन । उसलाई समयमै अस्पताल लान सकिन् । अब मैले अर्को उस्तै बिरालो पाएको छु । म उसको दोस्रो रुप देखेर खुशी छु ।