अमेरिकी कलेजका विद्यार्थी 'एकेडेमी राइटिङ'को सहारामा गृहकार्य गर्दै

अमेरिकी कलेजका विद्यार्थी 'एकेडेमी राइटिङ'को सहारामा गृहकार्य गर्दै

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २५, २०७६

काठमाडौं, एजेन्सी । हाल अमेरिकी कलेजका विद्यार्थीले देश बाहिरका अन्य संघर्षरत लेखकबाट आफ्नो कलेजको गृहकार्य गराउने गरेका छन् । यसलाई पनि अब कामका रुपमा अमेरिका, अस्ट्रेलिया तथा ब्रिटेनमा हेरिन थालेको छ । यसले विद्यार्थीको काम मात्र नभएर लेखकको पनि राम्रो आम्दानी हुन थालेको छ । यस्ता लेखक केन्या, भारत तथा युक्रेन लगायतका देशमा बसेर विद्यार्थीको काम गरिरहेका छन् । 

यस्तो एउटा उदाहरण अफ्रीकी देश केन्याको शहर न्येरी युनिभर्सिटीमा अध्ययन गरिरहेकी विद्यार्थी मैरी बुगुआ हुन् । उनी केन्यामा बसेरै अमेरिकी युनिवर्सिटीका विद्यार्थीको गृहकार्य गरिदिने गर्छिन् । यसलाई एकेडमिक राइटिंग भनिन्छ । 

मैरीले आफ्नो खर्च जुटाउनका लागि अन्य कैयौं काम गरिन् । तर, त्यसले उनको गुजारा चलेन । अहिलेको यो कामले भने उनको राम्रोसँग गुजारा चलेको छ । यसका लागि उनलाई एक पेजको करीब १८०० रुपैयाँ प्राप्त हुन्छ । एकेडेमिक राइटिंग केन्यामा राम्रै फस्टाएको छ । 

पहिले मैरीलाई यो काम बेठिक भन्ने लागेको थियो । तर, राम्रो कमाई भएका कारण उनले यसलाई छोड्नुको बदला एस माई होमवर्क तथा ऐसेशार्क जस्ता साइटससँग जोडिएकी छन् । विशेषज्ञका अनुसार यो प्रचलन एक दशक अघिदेखि छ । अहिले भने यसको मागमा व्यापक वृद्धि भएको मात्रै हो ।