राष्ट्रगानको चक्कर : लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ

राष्ट्रगानको चक्कर : लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ

रूपक अलङ्कार  |  दृष्टिकोण  |  भदौ २५, २०७६

विदेश जानेको...
लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ ।

जनगायक जेबी टुहुरेले गाएको यो गीत कुनै बेला वामपन्थी आन्दोलनको स्वर थियो । यो मात्र होइन, यस्ता दर्जनौँ जनवादी गीतहरू कण्ठ गरेर लाल झण्डा फहराउँदै हिँडियो तिनताका । २०६२/०६३ को आन्दोलनमा मात्र होइन, पञ्चायतविरुद्धको आन्दोलनमा पनि जनता जगाउने यस्ता गीतहरू आन्दोलनकारी, विद्रोहीका मुखमुखमा थिए होलान् । जनताका पक्षमा गीत गाउने कतिपय महापुरुषहरू शहीद भए होलान्, बचेका कतिपय धेरै वर्षदेखि सत्ताको तर चाटिरहेका छन्– चाहे ती वामपन्थी होऊन् या दक्षिपन्थी ।

राम रमिताका लागि मात्र नभएर जनचेतनाका लागि, राजनीतिक जागरुकताका लागि गीत गाउने परम्परा हाम्रो देशमा मात्र नभएर संसारभर नै पाइन्छ । किनभने विचार प्रवाहका लागि गीतजतिको सरल प्रभावकारी साधन अरू केही छैन । आख्यान, नाटक, निबन्धलगायतका वाङ्मयका अन्य विधा ज्यादा झन्झटिला, असहज, निरस, दुर्बाेध्य हुन्छन्, त्यस कारण सरल र सरस तरिकाले सांगीतिकतासहित चाहेको कुरा जनतामाझ पु¥याउन सकिने भएकाले शोषक, सामन्तदेखि विद्रोहीसम्मले गीतसंगीतको दुरूपयोग वा सदुपयोग गर्दै आएका छन् ।

मनिसको अन्तःस्करणलाई तीव्र गतिमा झङ्कृत पार्ने क्षमता गीतमा नै हुन्छ । अझ सुन्दर शब्दले प्रभावकारी संगीत पायो भने त त्यसको कुरै गर्नुपर्दैन । हजारौँ पानामा भन्न नसकिएको र बुझाउन नसकिएको कुरा गीतको एक हरफले प्रस्ट पार्नसक्छ । त्यसमाथि अहिलेको प्रविधिको युगमा त गीतसंगीतको लोकप्रियता र प्रचारले धेरै छिटो गति लिएको यथार्थ हाम्रा सामु छ । त्यस कारण मानिस आफ्ना कुरा अरूसामु पु¥याउन गीतको सहारा लिने गर्छन् ।

त्यति मात्र हो र ! गीतको प्रभावकारिता र शक्तिबाट सातो उडेका शासकहरूले विगतमा कतिपय गीतमाथि प्रतिबन्ध लागाएको इतिहास जगजाहेर नै छ भने ‘लुट्न सके लुट् कान्छा’को विवाद अझ तरोताजा नै छ । यसबाट के थाहा हुन्छ भने कुनै पक्षलाई महामन्त्र समान लागेको गीत अर्काे पक्षका लागि कान फुटाउने झीरसमान पनि हुन्छ । एउटाले अर्काको गीत सुन्दा कान थुन्नुपर्ने स्थितिको सिर्जना भएको छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, तात्त्विक कुरा र गुदी गुरा गीतमा सिलसिला मिलाएर भन्ने चलन आजको नभएर पुरानै हो । वैदिक ऋचाहरूलाई गाउने परम्परामा सामवेद संकलन भएको पाइन्छ । त्यसपछि पनि जीवन र जगत्को बोध गराउने र तत्त्वज्ञानले भरिएका ग्रन्थहरूलाई हामी रामगीता, अष्टावक्रगीता, श्रीमद्भगवद्गीता जस्ता नामले चिन्छौँ र यिनीहरूको सम्बन्ध गीतसित भएको यथार्थलाई नकार्न पनि सक्दैनौँ ।

गीत आफैँमा कमजोर वा शक्तिशाली विधा होइन । यसमा उनिएर आउने विचारका प्रवाहशीलता र प्रभावकारिताले नै यसलाई ओजस्वी र चिरञ्जीवी बनाउँछ । जुन दिनबाट मनिसले आफ्ना अनुभूतिलाई लयात्मक अनुभूति दियो, त्यसै दिनदेखि गीतको गंगा बग्न थाल्यो र आजपर्यन्त त्योे प्रवाह अवरुद्ध भएको छैन ।

गीतलाई विवादित वा प्रशंसित बनाउने विचारले हो । हामी विभिन्न किसिमका गीत सुन्छौँ, कुनैमा माया प्रेमको कुरा गरिएको हुन्छ र कुनैमा भगवत्भक्ति र देशभक्तिको कुरा गरिएको हुन्छ  । यीभन्दा भिन्न किसिमको गीत पनि हुन्छ, त्यो हो वैचारिकता बोकेको गीत । माया प्रेमका गीतमा खासै विवाद हुन्न । यस किसिमका गीत सबै खाले मानिसका लागि कर्णप्रिय र आनन्ददायक हुन्छन्  । कहिलेकाहीँ चोरीका विषयमा विवाद देखिए पनि भावना र विषयलाई लिएर विवाद हुँदैन । तर, विवाद गर्नुपर्ने धेरै कुरा यसमा पनि देखिन्छन् । खासगरी दोहोरी गीत र तीजलाई आधुनिकताका नाममा उच्छृङ्खल बनाउनेहरूले यसको मौलिकताको विनाश त गरेकै छन्, समाजलाई मर्यादाको सीमा नाघ्न दुरुत्साहन पनि गरेका छन् । 

हुँदाहुँदै सरकारले पशुपतिपारिको वागमती आरतीमा समेत राष्ट्रगान बजाउन आदेश गरेछ । त्यहाँ दुुई–चार दिन आरती सुरु हुनुभन्दा पहिले राष्ट्रगान बजाइयो पनि तर विदेशबाट बाकसमा बन्द भएर आएका लासका आफन्तलाई भने आफन्तको वियोगमा रुनू कि देशको गौरवबोधमा छाती चौडा बनाउनू भन्ने भएछ । त्यसपछि फेरि आरतीमा राष्ट्रगान बजाउन छोडियो भन्ने हल्ला छ । यो यौटा नमुना हो । संविधान दिवस मनाउने क्रममा पनि यस्ता रमाइला कार्यक्रम अवश्य देख्न पाइनेछन् ।

भजन आस्तिकहरूका लागि प्रिय हुन्छ । यसैले उसको मन शान्त हुन्छ । ऊ यसैमा आनन्दित हुन्छ । देशभक्तिका गीतमा पनि त्यति धेरै समस्या देखिँदैन । सबैभन्दा विवादित भनेका वैचारिक या जनवादी गीत हुन् । किनभने यस्ता गीतले कसैको शासनसत्ता, जीवनशैली, संस्कृति र परम्परामाथि नै औँला उठाउँछन् । रमाइलाका लागि भन्दा पनि जनतालाई विद्रोहका लागि एकताबद्ध हुनका लागि यस्ता गीत गाइन्छन् । यस्ता गीतले परम्परागत सुन्दरताका सिद्धान्तलाई नकार्छन् र नयाँ सौन्दर्यको नयाँ परिभाषा बनाउनेतिर ध्यान दिन्छन् ।

समाजका शोषित पीडित, गरिब, निमुखाहरूको आवाज बुलन्द गर्ने काम यस्तै जनवादी गीतले गर्छन् । हम्रो परिवेशमा जनताको आवाज उराल्ने गीतलाई जनवादी गीत नभनेर कम्युनिस्टको गीत भन्ने चलन छ । कांग्रेस वा अरूले त्यस्ता गीत गाएमा त्यो जनवादी नहुने अचम्मको स्थिति बनेको छ ।

जे होस्, गीतमार्फत् गरिने राजनीति परापूर्वकालदेखि चलेकै छ । विचारवादी गीत, देशभक्तिका गीत र राष्ट्रगानमार्फत् राज्यसत्ता र विद्रोही राजनीतिमा गाँसिएका हुन्छन् । राज्यपक्ष र विद्रोही पक्ष हुने पालो फेरिए तापनि अहंकार फेरिएन भने गीतले प्रतिबन्धित भइरहनुपर्छ । हिजो जेबी टुहुरेहरूले मञ्चमा गीत घन्काउँदा छेउमा उभिएर मुठ्ठी उठाउनेहरू र सभामा सिट्टी बजाउनेहरू अहिले साशनसत्ताको बागडोरमा छन् र उनीहरूको सम्पूर्ण ध्यान राष्ट्रगानमा एकत्रित भएको छ । देव मन्दिरदेखि चलचित्र मन्दिरसम्म राष्ट्रगान बजाउने उर्दी जारी गरिएको छ ।

राष्ट्रगान गाउनुपर्छ, राष्ट्रप्रति सम्मान गर्नुपर्छ । श्रद्धाले शिर झुकाउनु र प्रेमले छातीमा हात राख्नु हाम्रो कर्तव्य हो । राष्ट्रगान गाउनु विद्यार्थीको मात्र काम हो भन्ने बुझाइको महल भत्काएर राष्ट्रप्रति सम्मान गर्नु र राष्ट्रगान गाउनु सारा देशवासीको काम हो भन्ने कुरालाई सार्वजनिक गराउनु राम्रै हो तर निर्णय गर्नमा अत्यन्त हातार गर्नु र कार्यान्वयनमा भने निदाएर बस्नु हाम्रो चिनारी पनि हो । निर्णय गर्दा त्यसको आगेपिछेको प्रभावका बारेमा विचार नगर्ने र विरोधपछि भने खुट्टा तान्ने कुरामा हाम्रो सरकारलाई जो कोहीले जित्न सक्दैन । पछि खुट्टा तान्नुभन्दा निर्णय गर्दा नै सोचविचार गर्नु बुद्धिमानी हो ।

हुँदाहुँदै सरकारले पशुपतिपारिको वागमती आरतीमा समेत राष्ट्रगान बजाउन आदेश गरेछ । त्यहाँ दुुई–चार दिन आरती सुरु हुनुभन्दा पहिले राष्ट्रगान बजाइयो पनि तर विदेशबाट बाकसमा बन्द भएर आएका लासका आफन्तलाई भने आफन्तको वियोगमा रुनू कि देशको गौरवबोधमा छाती चौडा बनाउनू भन्ने भएछ । त्यसपछि फेरि आरतीमा राष्ट्रगान बजाउन छोडियो भन्ने हल्ला छ । यो यौटा नमुना हो । संविधान दिवस मनाउने क्रममा पनि यस्ता रमाइला कार्यक्रम अवश्य देख्न पाइनेछन् ।

राज्य देशभक्तिको सरोवरमा यसरी चुर्लम्म डुब्दै जाँदा बाँकी दुःख, अप्ठ्यारा, अराजकता, बेरोजगारीहरू सारा सकिएका हुन् कि भन्ने लाग्नसक्छ तर पनि यो देशलाई उजाड देखेर विदेश लाग्नेहरू अहिले पनि लाखौँ छन् । राष्ट्रगान बजाउने चक्करमा देशमा काम नपाएर विदेश उड्न लागेका जनतालाई राष्ट्रगानमा सहभागी भएर मात्र हवाईजहाज चढ्न प्रेरित गर्ने दिन नआउला भन्न सकिन्न ।