जब लंकाबाईले  बीसौँ गर्भधारण गरिन्

जब लंकाबाईले  बीसौँ गर्भधारण गरिन्

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २६, २०७६

काठमाडौँ, एजेन्सी । छिमेकी मुलुक भारतको महाराष्ट्र राज्य की एक महिलाले बिसौँ गर्भधारण गरेकी छन् । हालै रहेको भनिएको उनको गर्भ सात महिनाको रहेको छ । डाक्टरहरूले पनि यसलाई गम्भीर तथा चासोको रूपमा लिएका छन् । 

ती महिलाको नाम लंकाबाई रहेको र उनी खराट गोपाल समुदायसँग सम्बन्धित महिला हुन् । यो समुदाय भनेको फिरन्ते तथा भिखारी समुदाय अन्तर्गत पर्छ । उनी सरकारी अस्पताल भर्ना भएपछि  स्थानीय अधिकारी पनि कौतूहलका साथ लंकाबाईलाई हेर्न अस्पताल पुगेका थिए । 

अस्पतालका सर्जन डा. अशोक थोराटका अनुसार यो यनको बिसौँ गर्भ भए पनि ३८ वर्षीया लंकाबाईको अहिलेसम्म उनका ११ जना बच्चा मात्रै रहेका छन् ।

हाल बिसौँ पटक गर्भवती भए पनि अहिलेसम्म उनले कुनै पनि बच्चा अस्पतालमा जन्माएकी छैनन् । तर, यस पटक भने उनलाई सरकारी अस्पताल ल्याइएको छ । एक जना  डाक्टरका अनुसार सबै जरुरी जाँच गर्दा उनको बच्चा स्वस्थ रहेको र उनलाई केही औषधि तथा सङ्क्रमणबाट जोगिएका लागि सरसफाइका बारेमा पनि बताइएको छ ।