उत्पादन बढाउनका लागि फलफूल र तरकारीमा नयाँ जीनको  विकास

उत्पादन बढाउनका लागि  फलफूल र तरकारीमा नयाँ जीनको  विकास

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ २६, २०७६

काठमाडौं, एजेन्सी । संसारमा खेतीयोग्य जमिनको कम हँदै गएको छ । तिव्र शहरीकरण र भौतिक विकास यसका कारण हुन भने जनसंख्या वृद्धिका कारण गरिबी र भोकमरी व्याप्त छ । मानिस एक पेट खानका लागि तड्पि रहेका छन् ।

यो विषम परिस्थितिबाट जुद्नका लागि वैज्ञानिकले हाम्रा भविष्यका खुराकमा थोरै खाँदा पनि शरीरका लागि आवश्यक पर्ने भिटामिन तथा खनिज पुग्ने गरि उत्पादन थालेका छन् । जस्तो कि अस्ट्रेलियाको क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका वैज्ञानिकले सामान्य केरामा भन्दा दुईगुना भिटामिन ए पाइने केराको विकास गरेका छन् । यस्तो केरा पपुवान्युगीनिमा पाइन्छ । यो केराको जीनको उपयोग गरेर वैज्ञानिकले यस प्रकारको केरा बनाउन लागेका हुन् । यसको लागि गेट्स फाउंडेशनले लगानी गरेको छ । यो केरा सन् २०२५ सम्म आउने अनुमान गरिएको छ । 

वैज्ञानिकले उत्पादन बढाउनका लागि हरियो खुर्सानी जस्तो पिरो स्वादको हुनेछ टमाटर विकास गरेका छन् । । टमाटरमा क्याप्साइसिनाइड्स हुन्छ जुन तत्वले खुर्सानीलाई पिरो बनाउँछ । वैज्ञानिकले जीन एडिटिंगको मद्दतले यो तत्वलाई टमाटरमा सक्रिय बनाएका हुन् ।  २०१९ को अन्तिमसम्म यो टमाटरको उत्पादन हुनेछ । ब्राजील तथा आयरल्याण्डले यसमा काम गरिरहेका छन् । 

अमेरिकी कंपनी ब्लनालु तथा फिनलेस फुड्स कोशिकामा आधारित रहेर ल्याबमै सीफुड उत्पादन गरिरहेका छन् । कंपनीले कुनै विशेष माछा वा अरु कुनै जलीय जीवको कोशिकाबाट ल्याबमा सीफुड उत्पादन गर्नेछ । यसमा टाउको, खुट्टा तथा हड्डी जस्ता चिज हुने छैन । 

वैज्ञानिकले काटेर राख्दा पनि कालो नहुने स्याउको विकास गरेका छन् । क्यानडाको कंपनी ओकानागनले यस्तो स्याउको विकास गरेको हो । जुन हाल अमेरिकामा उपलब्ध छ । आगामी  एक –दुई वर्षमा यो युरोप तथा अन्य देशका बजारमा उपलब्ध हुनेछ । 

वैज्ञानिकहरुले अब ल्याबमै मासु बनाउने भएका छन् । बेलायतका एडम स्मिथ इंस्टीट्यूटका शोधकर्ता डा। मैडसन पाइरी भन्छन, यसले कृषिमा हुने ग्रीन हाउस ग्यास उत्सर्जन ७८ देखि ९६ प्रतिशतले कम गर्नेछ । छिमेकी देश भारतको आईआईटी गुवाहाटीमा पनि ल्याबमा मासु तयार पारिएको छ । सन् २०१३ मा नेदरल्याण्डको मैसट्रिच्ट युनिभर्सिटीले पहिलो पटक ल्याबमा बर्गर बनाएको थियो । 

जसरी अरु कुरामा संसार स्मार्ट बनिरहेको छ । खानेकुरामा पनि त्यो झलक देखिन थालेको छ । शरीरका लागि कस्तो र कति खानाको आवश्यक्ता पर्छ यसका लागि माइक्रोचिप्स बनिरहेको छ । अब माइक्राच्प्सिले शरीरको आवश्यक्ताको जानकारी दिएपछि त्यसै अनुरुपको विशेष स्मार्ट भोजन तयार हुनेछ । अमेरिकी कंपनी साइलेंट, ब्रिटिश कंपनी ह्यूल तथा फ्रांसको कंपनी भाइटालीनले यसमा काम गरिरहेका छन् ।