रुखमा विज्ञापन, तार तथा बत्ती राख्नेलाई २५ हजार जरिवाना तथा ३ वर्ष जेल !

रुखमा विज्ञापन, तार तथा बत्ती राख्नेलाई २५ हजार जरिवाना तथा ३ वर्ष जेल !

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २६, २०७६

काठमाडौं, एजेन्सी । भारतको ग्रेटर चेन्नई कर्पोरेशनले सडक किनारामा भएका रुखमा विज्ञापन, तार तथा बत्ति राखेर रुखलाई नोक्सान पुर्याउने व्यक्ति तथा निजी संस्थामाथि २५ हजार रुपैयाँ जरिवाना तथा ३ वर्ष जेल सजायको प्रावधान अगाडि सारेको छ । रुखमा विज्ञापन टांग्नेलाई १० दिन भित्र उक्त विज्ञापन हटाउन तथा रुखमा किला ठोक्नु भनेको प्रकृतिको विरुद्ध हो जस्ले रुखको आयु कम हुने समेत जानकारी दिएको छ । 

कर्पोरेशनका आयुक्त जी प्रकाशले बयानमा भनेका छन, ‘स्थानीय नागरिकले रुखमा विज्ञापन, होर्डिंग लगाएको देखेमा त्यसका विरुद्द नम्मा चेन्नई एप तथा हेल्पलाइन १९१३ मा पनि उजुरी गर्न सक्नेछन् । यो एपको शुरुवात नागरिक सुविधामा कुनै प्रकारको अनियमितता भएमा उजुरीकाे लागि उपयाेग गर्नका लागि गरिएको थियो ।’

यस विषयमा वनस्पति विज्ञान विशेषज्ञले भनेका छन, रुखमा किला ठोक्दा तथा बत्ति झुण्ड्याउँदा कैयौं प्रकारका रोग लाग्न सक्ने तथा बढ्न पनि असर गर्न सक्छ । यसो हेर्दा बाहिरबाट रुखलाई केही नभएको देखिएता पनि भित्र भित्रै खोक्रो हुनसक्ने उनीहरुले बताएका छन् ।

रुखमा बत्ति लगाउँदा उनीहरुको फोटोसिंथेसिस प्रक्रियामा असर पर्न जान्छ । यसले उनीहरुको प्रजनन क्षमतामा पनि असर पर्न जान्छ । 

चेन्नइको संस्था निझलले ‘फ्री द ट्री’ अभियान पनि चलाएको छ । जुन अभियानले रुखलाई मुक्त बनाउने, नयाँ रुख लगाउने तथा हेरचाह गर्ने कार्य गर्दछ ।