बैंक खातमा आएकाे रकम खर्च गर्दा चोरीको आरोपमा मुद्दा !

बैंक खातमा आएकाे रकम खर्च गर्दा चोरीको आरोपमा मुद्दा !

लोकसंवाद संवाददाता  |  अपराध  |  भदौ २६, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकी नागरिक रोबर्ट तथा टिफनी विलियम्सको खातामा बैंकका कर्मचारीको गल्तीले १ करोड ३७ लाख रुपैयाँ दाखिला गरिदिए । यो रकम मध्ये १ करोड २३ लाख डलर उनीहरुले झिेकर खर्च गरे । अहिले उनीहरुमाथि चोरीको आरोपमा लिकमिंग अदालतमा मुद्दा परेको छ । 

अदालतमा भएको पहिलो सुनवाईमा उनीहरुले त्यो रकम आफ्नो नभएको स्वीकार गरेका छन् । उनीहरुले सुनवाईमा आफूहरुले उक्त रकम मध्ये धेरै खर्च गरिसकेको हुनाले तुरुन्तै फिर्ता गर्न नसक्ने तथा किस्ताबन्दीमा फिर्ता गर्नका लागि बैंकसँग सम्झौता गर्न तयार रहेको पनि बताए । तर, यसबारेमा बैंकसँग भने कुनै सम्झौता भएको छैन । 

उक्त रकमबाट उनीहरुले एउटा एसयुभी, एउटा क्याम्पर, दुईवटा फोर व्हीलर्स तथा एक कार ट्रेलर खरीद गरेका थिए । केही रकम आवश्यक बिल तिर्न तथा एकजना साथीलाई १५ हजार डलर सापटी पनि दिएका थिए । 

यस विषयलाई लिएर मिडियामा उनीहरुको मजाक उडाउने पनि गरिएको छ । एकजना न्युज एंकरले आफ्नो साथीलाई यदि बैकले गल्तीले खातामा  १ करोड ३७ लाख रुपैयाँ हालिदियो भने त्यसलाई तिमी खर्च गर्छौ भनेर सोध्दा उनले कसैलाई नभनि आफूले सही समय कुर्ने बताए ।