१४ हजार जरिवानाविरद्धको कानुनी लडाइँमा ४३ लाख खर्च !

१४ हजार जरिवानाविरद्धको कानुनी लडाइँमा ४३ लाख खर्च !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २६, २०७६

काठमाडौं, एजेन्सी । ७१ वर्षीय रिचर्ड कीडवेललाई तिव्र गतिमा गाडी चलाएको आरोपमा तीन वर्ष अघि एउटा सूचना आयो । जसमा उनलाई १४ हजार जरिवाना तिर्न भनिएको थियो । उनलाई ४८ किमि प्रति घण्टाको लेनमा ५६ किमि गाडी दौडाएको आरोप लागेको थियो ।  

तर, उनलाई आफूले गतिको सीमा नाघेको कुरामा विश्वास थिएन । त्यसकारण उनले त्यो सूचनाको कुनै जवाफ दिएनन् । बरु सन् २०१६ मा भएको यस घटनाका विरुद्ध उनले तीन वर्षसम्म कानूनी लँडाइ लडे । 
तीन वर्षको उनको यो कानूनी संघर्षमा वकिलको फि मात्रै २८ लाख तथा  कोर्ट फि र अन्य खर्च १४ लाख गरी ३२ लाख रुपैयाँ खर्च गरे । 

ब्रिस्टल नजिकैका येट निवासी यी रिटार्यड इंजीनियर रिचर्डको दावी छ कि नोभेम्बर २०१६ मा न्यु रोड वारकेस्टरमा तय गरिएको ४८ किमीको गतिको  सीमामै थिए उनी । तर, प्राप्त तिव्र गतिको सूचनाले उनी चकित भए ।

रिचर्डले पुलिसलाई भने उनी कुनै केसको जवाफ दिन चाँहदैनन् । कोर्टमा उनका विशेषज्ञले भने जुन क्यामराले उनको कारको गति रेकर्ड गर्यो त्यो छेउमा गुडिरहेको थियो र त्यसको रेकर्डिंगमा गल्ती भएको पनि हुनसक्छ । 

रिचर्डले भने, वारकेस्टर मजिस्ट्रेट अदालतमा केस हारेपछि त्यसको फैसलाको विरुद्धमा उनले उच्च अदालतमा मुद्दा दायर गरेका छन् । अब जे फैसला भएपनि यसमा ठूलो रकम खर्च भयो । परिवारले पनि यो केसले धेरै नै तनाव दिएको भनेका छन् भने म आफैं पनि यो कानूनी उल्झनमा फसेर थाकिसकेको छु ।