गुड्दा गुड्दैको गाडीबाट बच्ची उछिट्टिएपछि !

गुड्दा गुड्दैको गाडीबाट बच्ची उछिट्टिएपछि !

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २६, २०७६

काठमाडौं, एजेन्सी । भारतको केरल राज्यको इडुक्की जिल्लामा गुडीरहेको एउटा जिपबाट बच्ची उछिट्टिइन । तर, उनको आमा बाबुलाई त्यसको हेक्का सम्म भएन । 

उक्त परिवार तमिलनाडुको पलानी मंदिर गएर घर फर्कंदै थियो । मन्दिर गएर फर्कंदा बच्ची आमाको काखमा बसेकी थिइन । तर, मन्दिर गएर फर्कंदा थाकेका कारण  बच्चाकी आमा निदाइन ।  यसै समयमा जिप फनक्क मोडमा मोडिंदा बच्ची उछिट्टिएर बाहिर पुगिन् । 

बच्ची त्यसपछि बाटोबाट वन विभाग तर्फ बामे सर्दै हिंड्न थालिन् । उक्त दृष्य वन विभागका कर्मचारीले सिसिटिभि क्यामरामा देखे र दैडिएर लिन गए । र, बच्चीको उपचार पनि गराए । 

आमा बाबुले भने छोरी हराएको खबर पुलिस थानामा लेखाइन् । पुलिसले अहिले बच्ची फेला परेको खबर उनका आमा बाबुलाई दिइसकेको छ । उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल समेत भएको छ ।