कोहलीले धोनीसँगको फोटो ट्विट गर्दै भने, ‘म त्यो म्याचलाई कहिल्यै भुल्न सक्दिनँ, त्यो एकदमै खास रात थियो’

कोहलीले धोनीसँगको फोटो ट्विट गर्दै भने, ‘म त्यो म्याचलाई कहिल्यै भुल्न सक्दिनँ, त्यो एकदमै खास रात थियो’

लोकसंवाद संवाददाता  |  खेलकुद  |  भदौ २६, २०७६

फिटनेस टिम इण्डियामा सहभागी हुने निश्चित मापदण्ड छ । हालै खबर आएको थियो कि यो टेस्टमा स्कोरलाई १६.१ देखि बढाएर १७ सम्म गर्न सकिन्छ । कप्तान विराट कोहली यस मामलामा आफू स्वयं साथी खेलाडीहरूका लागि एक उदाहरण हुन् ।

कोहलीले एउटा यस्तै खेलको फोटो ट्विट गरेका छन्, जसमा उनको फिटनेसको दुर्लभ नमुना देखिएको थियो । यसमा उनका साथमा महेन्द्रसिंह धोनी पनि छन् । केही व्यक्ति यसबारेमा यो पनि प्रश्न उठाइरहेका छन् कि के कोहली यस फोटोमार्फत् कुनै संकेत दिने प्रयास गरिरहेका छन् ? भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आज (बिहीवार) आफ्नो ट्विटर ह्याण्डलमा एउटा फोटो पोष्ट गरेका छन् ।

यो भारत अनि अस्ट्रेलियाबीच वल्र्ड टी २०, २०१६ को म्याचको फोटो हो । यो प्रतिस्पर्धा क्वार्टर फाइनल जस्तै थियो । भारतले यस प्रतिस्पर्धामा ६ विकेटले जीत हासिल गरेको थियो । कोहलीले तत्कालीन कप्तान महेन्द्रसिंह धोनीलाई ट्याग गर्दै यस फोटोसँगै लेखेका छन्– ‘यस म्याचमा मलाई उहाँले फिटनेस टेस्टको जसरी दौडाउनुभएको थियो ।’

३० वर्षीय कोहलीले ट्विटका साथै लेखेका छन्– ‘यो एउटा यस्तो म्याच हो, जसलाई म कहिल्यै पनि भुल्न सक्दिनँ । यी व्यक्तिले मलाई फिटनेस टेस्ट जसरी दौडाए ।’

तस्वीरमा म्याच सकिएपछि कोहलीले घुँडा टेकेर खुसियाली मनाइरहेका छन् अनि धोनीतर्फ अघि बढिरहेका छन् । २७ मार्च २०१६ मा पीसीए स्टेडियम मोहालीमा खेलिएको यस म्याचमा अस्टे«लियाका कप्तान स्टिभ स्मितले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । टिमले २० ओभरमा १६० रन बनायो । यसको जवाफमा भारतले १९.१ ओभरमा ४ विकेटमा १६१ रन बनाएर म्याच जितेको थियो ।

यस म्याचमा कोहलीले ५१ बलमा ९ चौका र २ छक्काको मद्दतले ८२ रन बनाए । धोनीले १० बलमा ३ चौकाको मद्दतले १८ रनको पारी खेले । दुवैका बीच ६७ रनको साझेदारी भयो । भारतीय टिमका लागि प्रतिस्पर्धा कठिन देखिइरहेको थियो । टिमले युवराज सिंह (२१)को रूपमा आफ्नो चौथो विकेट गुमाएको थियो । तब टिमको स्कोर १४ ओभरमा ९४ रन थियो ।

कोहलीले साथ दिँदासम्म तत्कालीन कप्तान महेन्द्रसिंह धोनी आएका थिए । कोहली त्यस समय ३५ रन बनाएर बलिङ गरिरहेका थिए । भारतलाई तब जीतका लागि ६ ओभरमा ६७ रनको आवश्यकता थियो । कोहली अनि धोनीले विकेटका बीच एकदमै राम्रो दौड लगाए । उनीहरूले धेरै छिटो एक–दुई रन लिए । धोनी र कोहली दुवै विकेटमा सर्वश्रेष्ठ रनर्समा गनिन्छन् । दुवैले अस्ट्रेलिया फिल्डर्सलाई अचम्भित पार्दै छिटो रन बनाए । डेविड वार्नस जस्ता खेलाडीले पनि भारतीय जोडीलाई रन चोर्नबाट रोक्न सकेनन् ।

कोहलीले एकै ओभरमा ४ पटक डबल (दुई रन) लिएर देखाए कि उनको फिटनेस कति कमालको छ । यसका अलावा उनले नाथन कुल्टर नाइल अनि जेम्स फाकनरका बललाई पर्खाल पनि लगाइदिए । भारतले आखिरमा पाँच बल बाँकी रहँदै प्रतिस्पर्धामा जीत हात पार्‍यो ।

नवभारतटाइम्स.कमबाट