विज्ञान परिहास: फरक परिभाषा !

विज्ञान परिहास: फरक परिभाषा !

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  माघ २७, २०७५

भौतिक विज्ञानको चर्चा होस् अथवा आइन्सटाइनको । E=MC2 बिना यस्ता चर्चा फगत बेहुली बिनाको विवाहोत्सव जस्तै हुन जान्छन् । 

हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले अनेकन साहित्य सृजना गरेजस्तै आइन्सटाइनले अनेकन वैज्ञानिक सिद्धान्त प्रतिपादित गरे । महाकविले आफ्नो जीवनकालमा ‘मुनामदन’बाहेक सबै सृजना नष्ट गरे पनि फरक नपर्ने उल्लेख गरेको पाइन्छ । उनलाई पूर्ण विश्वास थियो मुनामदनले नेपाली जनमानसमा उनको अस्तित्व अक्षुण्ण राख्नेछ । 

मुनामदनजस्तै यो E=MC2 समीकरण विज्ञान जगतमा आइन्सटाइनको ‘मुनामदन सरह’ कृतित्व हो, यसले विज्ञान जगतमा आइन्सटाइनलाई अमर बनाइरहनेछ । 

आज परिहासका माध्यमले आइन्सटाइनलाई सम्झिने यस ज्ञानमित्रीय प्रयासमा तपाईँहरूलाई स्वागत ।

E=MC2 को वैज्ञानिक विश्लेषणमा त हजारौं अनुसन्धान पत्र (रिसर्च पेपर) एवम् सयौं किताब प्रकाशित छन् । यस समीकरणलाई सामान्य भाषामा यसरी बुझ्न सकिन्छ, ‘सबै वस्तु एनर्जीले बनेका हुन् र सबै वस्तु एनर्जीमा रूपान्तरण हुन्छन् ।’ 

वस्तुबाट ‘एनर्जी’मा रूपान्तरण प्रक्रियाको साक्ष्य त एटम बम, हाइड्रोजन बम, आणविक विद्युत हामी सबैका सामु छन् । तर, ‘एनर्जी’बाट वस्तु बनाउने विधि अझै विज्ञानको पहुँचवाट टाढा छ । हुन त केही सेकेन्डको लागि वैज्ञानिकहरूले सूर्यको प्रकाश रोक्ने सफलता प्राप्त गरिसकेका छन् । के थाहा ? आउने दुई–चार सय वर्षमा बिज्ञानले ‘आकाशमै सूर्य प्रकाश’बाट सबै वस्तु निर्माण गर्ने प्रविधि विकास गरिदेओस् ।
सैद्धान्तिक विज्ञानमा
E=MC2 बुझन सामान्य बुद्धिले भ्याउन्न । तर, यस फोटोबाट केही हदसम्म यो समीकरण स्पष्ट हुन्छ । 

फोटोमा आइन्सटाइन भनिरहेका छन्– विज्ञानको व्याख्यामा ‘एनर्जी’पछि बुझ्नुहोला, अहिले सामान्य भाषामा बुझ्नुस्, E अर्थात् ‘एनर्जी’ . मेरो कफी२. 

मैले दुई कप कफी खाएर ‘एनर्जी’ बुझ्ने मात्रै होइन, झन्डै ३०० क्यालोरी ‘एनर्जी’ प्राप्त गर्छु । तपाईँहरू आइन्सटाइन भन्दा के कम ?

यस फोटो अनुसार कफीबाट प्राप्त हुने ‘एनर्जी’लाई आ–आफ्नो सुविधा र माग अनुसार थपघट गर्न सक्नुहुन्छ ।