पुलिसले बिना कारण गाडीमा लट्ठी हानेकाे  विषयमा विवाद हुँदा  मृत्यु !

पुलिसले बिना कारण गाडीमा लट्ठी हानेकाे  विषयमा विवाद हुँदा  मृत्यु !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २८, २०७६

काठमाडौं, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको नोएडा निवासी एक युवकको गाडी रोक्ने सम्बन्धमा पुलिससँग भनाभन हुँदा गाडीमा सवार युवकको हर्ट अट्याकका कारण मृत्यु भएको छ । 

उनी सवार गाडी अगाडी आएर पुलिसले गाडीमा लट्ठी हानेपछि युवकले यसमा आपत्ति जनाउँदै भनाभन गरेका थिए । बिना कुनै गल्ती पुलिसले आफूलाई दुख दिएपछि युवकलाई गहिरो चोट पुगेपछि उनी बेहोस भएर ढलेका थिए । पुलिस भने उक्त घटना पछि भागेको थियो । 

गाडीमा युवकका आमाबुबा पनि थिए । बाटोका अन्य बटुवाको मद्दतले उनीहरुले छोरालाई अस्पताल पुर्‍याएका थिए । तर, अस्पतालले युवकको मृत्यु भैसकेको जनाएको थियो । 

युवक आफ्ना आमाबाबु सहित आफ्नो नातेदारकोमा जाँदै थिए । घटना पचात आमाबुबाले न्यायका लागि प्रधानमन्त्री मोदी तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई न्यायका लागि अपिल गरेको छ ।