बच्चाहरुले सञ्चालन गर्ने गरिएकाे  संसारको पुरानो रेल्वे स्टेशन

बच्चाहरुले सञ्चालन गर्ने गरिएकाे  संसारको पुरानो रेल्वे स्टेशन

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २८, २०७६

काठमाडौं, एजेन्सी । हंगेरीको राजधानी बुडापेस्टको अग्ला पहाडमा हरिया जंगलको बीचमा एउटा रेल्वे स्टेशन सञ्चालनमा रहेको छ । यसको विशेषता के हो भने यहाँको सबै काम वयस्क मान्छेले नभई बच्चाले गर्ने गर्छन् । उक्त रेल्वे स्टेशनमा सिग्नल गार्ड, टिकट कार्यालय देखि लिएर टिकट चेक गर्ने सम्मको सबै काम बच्चाहरुले नै गर्ने गर्छन् । 

बच्चाहरु कहिले औपचारिक पोशाकमा त कहिले अनौपचारिक पोशाकमा काम गरिरहेको देख्न सकिन्छ । यहाँ रेल्वे स्टेशनको कर्मचारीको रुपमा कोही टिकट बेच्दै गरेको तथा कोही टिकट चेक गरिरहेको देख्न पाइन्छ ।  यो संसारको सबैभन्दा पुरानो रेल्वे लाइन हो । 
 
यो रेल्वे स्टेशनमा चल्ने विशेष रेलले केवल ११ किमि दूरीको मात्रै सफर तय गर्ने गरेको छ । यसले कृवल ४० देखि ५० यात्रीलाई मात्र सेवा दिने गरेको छ । ११ किमि दूरीका लागि यसले ४० मिनेट लगाउने गरेको छ । धेरै मानिस यहाँ यात्राका लागि भन्दा पनि बच्चाहरुले कसरी रेल्वे स्टेशन संचालन गरिरहेका छन भनेर हेर्न आउँछन् । 

यो रेलले साम्यवादको उक्त दिन याद दिलाउँछ जब हंगेरी सोभियत संघको  एउटा उपराज्यका रुपमा थियो । त्यस समयमा बच्चाहरुलाई पनि सँगै काम गर्न तथा जिम्मेवारी वहन गर्नका लागि यो पायोनियर रेल्वेको शुरुवात गरिएको थियो । त्यसबेला बच्चाहरु वयस्क अंतर्गत रहेर रेल्वेमा काम गर्न शुरू गरेका थिए । यसकारण यो रेल्वे स्टेशनलाई आज पनि पहिले जसरी नै संचालन गर्ने गरिएको छ ।