गाँजा खपतः अमेरिकाको न्युर्योक शहरमा सबैभन्दा धेरै त्यसपछि कराँची र  दिल्लीमा

गाँजा खपतः अमेरिकाको न्युर्योक शहरमा सबैभन्दा धेरै त्यसपछि कराँची र  दिल्लीमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २८, २०७६

काठमाडौं, एजेन्सी । गाँजा खपतका सम्बन्धमा अध्ययन गर्ने जर्मनको कम्पनी एबीसीडीले कुन शहरले कति गाँजा खपत गर्छ भन्ने रिर्पोट तयार पारेको छ ।

जसमा अमेरिकाको न्युर्योक शहर गाँजा खपतको मामिलामा सबैभन्दा अगाडी देखिएको छ भने पाकिस्तानको कराँची तथा दिल्ली क्रमशः दोस्रो तथा तेस्रोमा रहेका छन् । 

कम्पनीले सन् २०१८ मा यस सम्बन्धी अध्ययन गरेको थियो । अध्ययनका लागि उसले लस एन्जेल्स, कायरो लंडन, शिकागो, मस्को तथा टोरंटो जस्ता शहरलाई समावेश गरेको थियो । अध्ययनका लागि कंपनीले संसारका १२० शहरको सर्वे गरेको बताइएको छ । 

पहिलो नंबरमा रहेको न्युर्योकले ७७.४ टन गाँजा खपत गरेको अध्ययनले देखाएको छ । दोस्रोमा रहेको कराँचीले भने ४२ टन खपत गरेको देखिएको छ भने तेस्रो स्थानमा रहेको दिल्लीले भने  ३८.२ टन खपत गरेको छ । मुम्बइले भने ३२.४ टन गाँजा खपत गर्ने गरेको उल्लेख छ । 

दिल्लीमा एक ग्राम गाँजाको मूल्य ४८० रुपैयाँ रहेको छ । मुम्बइमा भने ५१२ रुपैयाँ । दिल्ली तथा मुम्बइमा अन्य देशको तुलनामा गाँजा सस्तो देखिएको छ । सबैभन्दा महंगो गाँजा भने टोकियोको रहेको छ । जहाँ एक ग्राम गाँजाको ३७५५ रुपैयाँ पर्छ ।