गुञ्जनमा दक्षिणायन

गुञ्जनमा दक्षिणायन

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २८, २०७५

साहित्यिक समूह गुञ्जनको मासिक कोठे बैठकमा यस पटक  नियात्राकार तथा कथाकार इल्या भट्टराईको ‘दक्षिणायन’ पुस्तकमाथि छलफल  भयो । 

२०७५ माघ २६ गते आइतबारका दिन कमलादी स्थित सी डब्लु रेष्टुराको माहौल साहित्यमय बन्यो । गुञ्जनका सचिव सुस्मिता नेपाल एवम् सदस्यद्वय रजनी ढकाल र डा. गीता त्रिपाठीको अग्रसरतामा भएको यस साहित्यिक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि रहनु भएको थियो । 

गुञ्जनका अध्यक्ष हिरण्य कुमारी पाठकले सभापतित्व  गरेको यस कार्यक्रममा  नियात्रा समाजका अध्यक्ष चन्द्रप्रसाद भट्टराई र कवि मञ्जुललेले ‘दक्षिणायन’ पुस्तकमाथि चर्चा परिचर्चा गरेका थिए । 

पाठककातर्फ बाट सिर्जना शर्मा र डा. गीता त्रिपाठीले पुस्तक माथि पाठकीय दृष्टिकोण राखेका थिए । पुस्तक बारे लेखिका इल्या भट्टराईले आफ्नो विचार व्यक्त गरेकी थिइन । उपस्थित साहित्यनुरागीलाई स्वागत मन्तव्य हिरण्य कुमारी पाठकले र धन्यवाद ज्ञापन डा. रजनी ढकालले गरेकी थिइन । यस कार्यक्रमको सञ्चालन सुस्मिता नेपालले थिइन ।