आइफोनको मूल्यलाई लिएर भारतमा  ट्रोल शुरु

आइफोनको मूल्यलाई लिएर भारतमा  ट्रोल शुरु

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ २९, २०७६

काठमाडौं, एजेन्सी । ११ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्निया राज्यको क्युपर्टिनो स्थित स्टीभ जब्स थिएटरमा भएको एप्पलको वार्षिक समारोहमा उसले स्मार्ट वाच सिरीज ५, एप्पल टिभि प्लसका साथ नयाँ आईफोन सीरीज पनि लन्च गरेको छ । एप्पलले यस सीरीजमा आईफोन ११, आईफोन ११ प्रो तथा आईफोन ११ प्रो म्याक्स सामेल गरेको छ ।

 

भारतमा आईफोन ११ को शुरुवाती मूल्य ६४,९०० रुपैयाँ रहेको छ । आईफोन ११ प्रो को ९९,९०० तथा आईफोन ११ प्रो म्याक्सको भने १,०९,९०० रुपैयाँ रहेको छ । 

आइफोनको लन्चको समयमा निकै उत्साहित देखिएको भारतीय बजार अहिले मूल्य सार्वजनिक भएसँगै निराश देखिएको छ । आइफोनको मूल्यलाई लिएर सोसल मिडियामा ट्रोल नै शुरु भएको छ ।