एप्पल फेरि बन्यो एक ट्रिलियन डलर पुँजीको कम्पनी

एप्पल फेरि बन्यो एक ट्रिलियन डलर पुँजीको कम्पनी

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २९, २०७६

काठमाडौं, एजेन्सी । १० सेप्टेम्बर मंगलवारको राती अमेरिकाको क्यालिफोर्निया राज्यको क्युपर्टिनो स्थित स्टीभ जब्स थिएटरमा एप्पलले आफ्नो आइफोन ११ तथा स्मार्ट वाच र एप्पल टिभि प्लस सार्वजनिक गरेको छ । 

शायद यसको प्रभाव नै मान्नुपर्छ कि शेयर बजारमा बुधवार उसको शेयरमा ३ प्रतिशतले वृद्धि भयो । यसले कम्पनीको मार्केट क्यापमा ३१०० करोड डलरले वृद्धि भई १.०१ करोड डलर भएको छ । एप्पले सार्वजनिक गरेको आइफोन ११ आइफोन एक्सआरको तुलनामा ५० डलर सस्तो हुनु पनि शेयर बजारमा शेयर वृद्धि हुनुको एउटा कारण मानिएको छ । 

गत वर्ष अगस्ट महिनामा पहिलो पटक कम्पनी १ ट्रिलियन डलर (१लाख करोड़ डलर) कम्पनी बन्न पुगेको थियो । तर, शेयरमा भएको गिरावटका कारण कम्पनी तल झरेको थियो । अब अहिले १० महिना पछि कम्पनी फेरि १ ट्रिलियन डलर कम्पनी बन्न पुगेको छ । तर, एप्पल अहिले पनि माइक्रोसफ्ट भन्दा ३ हजार करोड डलर पछाडि छ । हाल माइक्रोसफ्टको मार्केट क्याप १.०४ लाख करोड छ । माइक्रोसफ्ट संसारकै सबैभन्दा धेरै मूल्य भएको कम्पनी हो । 
कुनै पनि कम्पनीको मार्केट क्याप उसको शेयरको मूल्य तथा शेयर संख्या गुणा गरेर निकालिन्छ । 

सबैभन्दा धेरै मार्केट क्याप भएका ३ कम्पनीमा माइक्रासफ्ट, एप्पल तथा अमेजन रहेका छन् ।