यात्रा स्थगित गरेर आँधी प्रभावितलाई सहयोग

यात्रा स्थगित गरेर आँधी प्रभावितलाई सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २९, २०७६

काठमाडौं, एजेन्सी । उत्तर–पश्चिमी बहमास, दक्षिण पूर्व अमेरिका तथा क्यानडामा डोरियन आँधीले अत्यधिक भौतिक तथा मानवीय क्षति पनि गरेको छ । हालसम्म २० भन्दा बढी मारिएको जनाइएको छ । पीड़ितलाई राहत सामग्रि पनि वितरण गरिएको छ । 

यसै बीच फ्लोरिडाबाट बहमासको यात्रामा घुम्न निस्किएका मानिसहरुले आफ्नो यात्रा स्थगित गरेर आँधी प्रभावितलाई सहयोग गरिरहेका छन् । उनीहरु सात दिनको यात्रामा निस्किएका थिए । 

पछिल्लो हप्ता सेलेब्रिटी इक्वीनोक्स फ्लोरिडाको फोर्ट लाडरडेलबाट एक हप्ताका लागि यात्रामा निस्किएका थिए । यसमा ३ हजार यात्रु थिए । उनीहरु ७ दिनको यात्रा पछि नसाऊ पुग्नु पर्ने थियो । तर, डोरियन आँधीका कारण उनीहरुको गंतव्य आँधीले कम क्षति गरेको बहमासको द्वीपतर्फ मोडियो । त्यहाँ पुगेपछि जहाजमा सवार पर्यटकले फ्लोरिडा फर्कनुको साटो मानवीय सहयोगका लागि उतै रोकिने निर्णय गरे । उनीहरुले १० हजार मानिसका लागि खानेकुरा तथा पानी जुटाउने काम गरे । 

जहाजमा आएका बच्चाहरुले पनि आँधी प्रभावितप्रति भावनात्मक सद्भावका लागि व्यक्तिगत ग्रीटिंग कार्ड तयार गरेका थिए । पछि भने अन्य क्रुजका यात्री पनि सहयोगका लागि अगाडि आए । जसमा बहमास प्याराडाइज क्रुज लाइन, रोयल क्यारिेबियन, वाल्ट डिज्ने तथा  कार्निभल कर्पोरेशनका यात्री थिए । उनीहरुले आँधी प्रभावितलाई सुरक्षित स्थानमा पुर्याउन मद्दत गरेका थिए । 

युनिसेफले पनि यसै हप्ता डेढ़ टन जीवन रक्षक सामग्री नसाऊ पठाउने घोषणा गरेको छ । यसका अलावा रेडक्रसले ठूलो मात्रामा पानीको जार तथा बोतल साथै पानी सफा गर्ने चक्की पठाइसकेको छ ।