छारेरोग दिवसमा विविध कार्यक्रम

छारेरोग दिवसमा विविध कार्यक्रम

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  माघ २८, २०७५


कठमाडौं । विश्व छारे रोग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । फेबु्रअरी ११ मा विश्वभर छारेरोग दिवस मनाइन्छ । 

दिवसका अवसरमा काठमाडौं मेडिकल कलेज न्युरोलोजी विभाग, स्नायुरोगसम्बन्धी अध्ययनरत विद्यार्थी र काठमाडौं मेडिकल कलेज रोट्याक्ट क्लबको संयुक्त आयोजनामा जनचेतनामूलक र्‍याली निकालिएको थियो । 

काठमाडौं मेडिकल कलेज न्यूरोलोजी विभाग प्रमुख तथा नेपाल राष्ट्रिय न्यूरोलोजी संघका अध्यक्ष डा. रविन्द्र श्रेष्ठले छारेरोगसम्बन्धी गलत बुझाई चिर्न ¥यालीको आयोजना गरेको बताउनुभयो । ‘समयमा उपचार पाएमा रोग निको हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण यो सन्देश फैलाउन सके छारेरोगका बिरामी घट्न सक्छन् ।’ 

दिवसका अवसरमा छारेरोगसम्बन्धी निःशुल्क शिविर र बिरामीका आफन्तबीच अन्तक्र्रिया आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।