ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २९, २०७६

ललितपुर । भ्रष्टाचारविरोधी अभियन्ता दाबी गर्ने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीलाई आइतवार प्रहरीले नियन्त्रणमा लिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि शनिवार नेपालगंजमा दुर्व्यवहार गरेको आरोप लागेका शाहीले हिजो भएको घटनाबारे जानकारी दिने भन्दै पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए ।

युटुबरहरूको धेरै उपस्थिति रहेको पत्रकार सम्मेलनमा शाहीमाथि युटुबरहरूले कडा प्रश्न सोधेपछि युटुबर र शाही समर्थकबीच हात हालाहालको स्थिति बनेको थियो ।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर सुरक्षा दिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

स्थिति सामान्य भएपछि उनलाई छाडिने प्रहरीको भनाइ छ ।