छारेरोगबाट कसरी बच्ने ?

सन्दर्भ :  छारेरोग दिवस

छारेरोगबाट कसरी बच्ने ?

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  माघ २८, २०७५

छारेरोग भूतप्रेतका कारणले लाग्छ भन्ने नेपाली समाजमा भ्रम छ । तर, चिकित्सा विज्ञान अनुसार यो रोग मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गरेको छ । मस्तिष्कमा भएका न्युरो ट्रान्समिटर असन्तुलित भएमा छारे रोग देखिन्छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ६ करोड मानिसलाई यो रोग लागेको नेपाल राष्ट्रिय न्युरोलोजी संघले जनाएको छ । नेपालमा भने करिब एक प्रतिशतलाई यो रोग लागेको विश्व स्वास्थ्य संगठनको अनुमान  छ । नेपालमा यसलाई ‘मृगी’, ‘चडिफउ’, ‘फफडके’, ‘रिङ्ने’ पनि भनिन्छ । 

काठमाडौं मेडिकल कलेज न्युरोलोजी विभाग प्रमुख तथा नेपाल राष्ट्रिय न्युरोलोजी संघका अध्यक्ष डा. रविन्द्र श्रेष्ठले छारेरोगसम्बन्धी गलत बुझाई रहेको बताउनुहुन्छ । 

लक्षण

हात काम्ने

आँखा फर्किने

मुख बाँगिने 

केही बेर हातखुट्टा छटपटाएर मुखबाट र्याल काढेर करिब आधा घन्टासम्म रोगी बेहोश हुने ।

मानिस हिँड्दा हिड्दै केही समयको लागि अचेत हुने र केही समयमा पुनः सामान्य अवस्थामा फर्किने ।

कारण 

छारेरोग लाग्ने निश्चित कारण नभए पनि यी निम्न कारण छन् । 

फित्ते जुकाका कारणले 

मस्तिष्कमा हुने ट्युमर, इन्सेफलाइटिस, मेनिन्जाइटिस, सेरेब्रल मलेरिया आदी 

केही मानिसमा नुनको कमीले 

छारे रोग बंशाणुगत पनि हुन सक्छ 

विशेषगरी बच्चाको जन्मदा टाउकोमा चोट लागेर 

विभिन्न कारणहरूले टाउकोमा चोट लागेर 

कसरी बच्ने ? 

बिरामीलाई सजिलो ठाउँमा कोल्टे पारी सुताउने ।

टाउको तल कपडा वा तकिया हाल्ने ।

ब्ल प्रयोग गरेर कम्पन रोक्ने प्रयास नगर्ने ।

मुखमा जम्मा भएको र्‍याल, थुक, फिजलाई सफा रुमालले पुछ्ने ।

मुख बाँधेको अवस्थामा जर्बजस्ती खोल्न कोसिस नगर्ने । 

मुखमा पानी तथा खानेकुरा नराख्ने । 

काम्न छाडेपछि कोल्टे पारेर सुताउने । 

जुता/मोजा नसुघाउने । 

जतिसक्दो चाडो नजिकैको अस्पताल तथा स्वास्थ्य संस्थामा पुर्‍याउने ।