अब रोलेबल डिस्प्ले  स्मार्ट फोन बजारमा ल्याउने तयारी

अब रोलेबल डिस्प्ले  स्मार्ट फोन  बजारमा ल्याउने तयारी

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ ३०, २०७६

काठमाडौं, एजेन्सी । दक्षिण कोरियाको इलेक्ट्रोनिक्स कम्पनी एलजीले चाँडै नै रोलेबल डिस्प्ले बाजार ल्याउने तयारी गरेको छ । गिज्मोचाइनाको रिपोर्टका अनुसार कम्पनीले यस्तो स्मार्टफोन तयार गरिरहेको छ जसको डिस्प्ले रोल भएर फोनको भित्र नै रहन्छ । 

रिपोर्टका अनुसार सन् २०१८ को अक्टोबर महिनामा नै एलजीले यस्तो खालको डिस्प्लेको कोरियन इंटलेक्चुअल प्रपर्टी अफिस (केआईपीओ) मा पेटेंट दर्ता गरेको थियो । जुन २०१९ मा प्रकाशित गरेको यस पेटेंट फाइलमा रोलेबल डिस्प्ले सहितका धेरै उपकरणको चित्रहरु थिए । 

रिपोर्टमा उल्लेख भए अनुसार यो डिस्प्ले एकदम ठूलो आकारको हुन्छ । यसको आकारको बारेम यसरी पनि अनुमान गर्न सकिन्छ कि यो उपकरण भित्र दुई पटक रोल गर्न सकिन्छ । यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यक्ता अनुसार रोल गर्न सक्छ । 

एलजीले रोलेबल डिस्प्ले खासगरी मुभी, भिडियो स्ट्रीमिंग तथा गेमिंगका लागि डिजाइन गरेको जनाएको छ । 

रिपोर्टमा जनाइए अनुसार दक्षिण कोरियाको अर्को कम्पनी सामसुंगले पनि  २८ नोभेम्बर २०१८ मा वल्र्ड इंटलेक्चुअल प्रपर्टी अफिस (डब्ल्यूआईपीओ) मा रोलेबल डिस्प्लेका लागि पेटेंट फाइल गरेको थियो । 

रोलेबल डिस्प्ले भएको उपकरण बनाउन लागिएको यो पहिलो पटक भने होइन् । यस भन्दा पहिले पनि एलजी इलेक्ट्रोनिक्सले सीईएस २०१९ मा रोलेबल डिस्प्ले भएको संसारकै पहिलो टिभि प्रदर्शन गरिसकेको छ ।