वावा ल्यापटप टेक्नोलोजीले ल्यायाे 'काठको ल्यापटप ' !

वावा ल्यापटप टेक्नोलोजीले ल्यायाे 'काठको ल्यापटप ' !

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ ३०, २०७६

काठमाडौं, एजेन्सी । पेरूको वावा ल्यापटप टेक्नोलोजी कम्पनीले सस्तो तथा नयाँ तरिकाको काठको ल्यापटप बजारमा ल्याएकाे  छ । यो एकदमै सस्तो छ तथा मर्मत गर्नका लागि पनि निकै सजिलो छ । यसलाई कम्पनीले वावा ल्यापटप नाम दिएको छ । कम्पनीले यसलाई १० वर्षसम्म प्रयोग गर्न सकिने बताएको छ । यो खासगरी बच्चा तथा पेरुको गाउँका मानिसका लागि भनि तयार गरिएको हो । यसको तौल पनि धेरै नै कम रहेकाे छ । 

२०१५ मा यसको केवल प्रोटोटाइप मात्र पेश गरिएको थियो । तर, २०१९ मा भने २.० भर्सनका साथ यसलाई काठबाट तयार गरियो । निःशुल्क अपरेटिंग सिस्टमद्वारा सञ्चालन हुने यो वावा ल्यापटप हालै बजारमा पनि उपलब्ध छ । यसको बजार मूल्य २७ हजार रुपैयाँ राखिएको छ । 

कम्प्यूटर इंन्जिनियर तथा वावा ल्यापटप टेक्नोलोजीका म्यानेजर जेभियर क्रास्कोका अनुसार केही नयाँ भन्दा पनि मानिसलाई पुरानो दिउँ भनेर हामीले यसो गरेका हौं । यसकारण एकल बोर्ड कम्प्युटरको प्रयोग गरेर यो ल्यापटप बनाइएको हो । 

यो ल्यापटप सोलार इनर्जी तथा बिजुली दुबै बाट चार्ज गर्न मिल्छ । यदि यसको एउटा डिजाइन मन परेन भने अर्को परिवर्तन पनि गर्न सकिने कम्पनीले जनाएकाे छ ।