‘तिमी र म...’ बोलकाे गीतको भिडियो सार्वजिनक (भिडियाे सहित)

‘तिमी र म...’ बोलकाे गीतको भिडियो सार्वजिनक (भिडियाे सहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ ३०, २०७६

काठमाडौं । उज्जवल गिरीको स्वर, शब्द र सङ्गीत संयोजन रहेको गीत ‘तिमी र म...’ सार्वजनिक भएको छ । लोचन घिमिरेको सङ्गीत निर्देशन रहेको ‘तिमी र म...’ गीतको भिडियो सार्वजनिक भएको हो ।

रुपेन पौडेलको निर्देशन, छायाँकन र सम्पादन रहेको गीतको भिडियोमा दीप गिरी र पासाङ गुरुङलाई फिचर्ड गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।
राजिब शेरचन थाकाली सहायक छायाँकन र अनिशा शर्माको मेकअप रहेको भिडियोलाई अल्टरनेटिभ मोसन पिक्र्चस र अन नेपाली डटकमले उत्पादन गरेको हो ।

‘तिमी र म...’ गीतको भिडियो यहाँ हेर्न सकिन्छ