७५ वर्षको उमेरमा  विन्नी ड्राइभिङ लाइसेन्स !

७५ वर्षको उमेरमा  विन्नी ड्राइभिङ लाइसेन्स !

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ३१, २०७६

काठमाडौं, एजेन्सी । अस्ट्रेलियको पिलबरा क्षेत्रस्थित हेडलैंड निवासी विन्नी सैम्पीले आफ्नो बहिनीलाई अस्पताल लैजानका लागि ७५ वर्षको उमेरमा ड्राइभिंग लाइसेंस लिएकी छन् । लाइसेंस लिन सहयोग गर्ने एक गैर सरकारी संस्था ब्लडवुड ट्री एसोशिएशनले शोसल मिडियामा विन्नीको स्टोरी पोस्ट गरेको छ । 

फेसबुक पोस्टमा एसोशिएशनले लेखेको छ, ‘लाइसेंस प्राप्त गरेपछि अब विन्नीले आफ्नी बहिनीलाई डाक्टरकोमा नियमित चेकजाँच गर्न, घुमाउन तथा सपिंग गर्न लैजान सक्ने छिन् ।  । उनी यो उमेरमा पनि न त कसैसँग लिफ्ट माग्छिन न त ट्याक्सी चढ्छिन । हालसम्म कम्प्युटर चलाउन नजानेको उनले लाइसेंसको टेस्ट पनि कम्प्युटरबाटै दिइन् । जुन दिन उनको ड्राइभिंगको टेस्ट थियो त्यस दिन भने उनी एकदमै नर्भस भएकी थिइन् ।’ 

विन्नीले लाइसेंस लिन सहयोग गर्ने ब्लडवुड ट्री एसोशिएशनलाई पनि धन्यवाद दिएकी छन् । ब्लडवुड ट्री एसोशिएशनका ड्राइभिंग निर्देशक तान्या होममैनले भने, ‘लाइसेंस लिनेमध्ये विन्नी सबैभन्दा धेरै उमेर भएकी महिला हुन् ।’