दलित शब्द हटाउने कि नहटाउने ?

दलित शब्द हटाउने कि नहटाउने ?

पीबी दियाली  |  दृष्टिकोण  |  माघ २८, २०७५

केही समय यता सामाजिक सञ्जालमा दलित शब्द राख्ने वा नराख्नेबारे बहस सुरु भएको छ । कसैले दलित शब्द राख्नुपर्छ भनेका छन् भने कसैले हटाउनुपर्ने तर्क दिएका छन् । वास्तवमा दलित के हो ? यो शब्द किन ल्याइयो ? कहाँबाट सुरु भयो ? कसको हितमा यो विकसित भयो ? मानव समुदायमा यसको प्रभावले के–के उन्नति वा अवन्नति गर्योे ? यो किन जरुरी छ÷छैन ? यी विषयमा विभिन्न व्यक्तिले विचार अभिव्यक्त गरेको पाइन्छ । 

श्रम र सीपका धनी मान्छेको समूह दलितमा परेका छन् । राज्यले नै यी व्यक्तिलाई दलितको बिल्ला भिराएको हो । त्यति मात्रै होइन, यो समुदाय राज्यबाट हेपिन छाडेको छैन । राणशासन हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा पनि अवस्था उस्तै छ । नेपालमा झन्डै ७० हजार दलित छन् । 

दलित भनेको के हो ? के काम गरी खाने वर्गलाई अछुत भनिएको हो ? कि कथित दलित भनिएकाहरू युद्ध हारेर अर्कै संसारबाट आएका हुन् ? यो प्रश्नको उत्तर कथित उपल्लो जातका व्यक्तिले दिनै पर्छ ।  जातपात यो समाजका कथित उपल्लो तहका व्यक्तिले फैलाएको भ्रम हो । उनीहरूले दलितलाई मान्छेको श्रेणीमा राख्न नचाहेको परिणाम हो । पुरानो ग्रन्थ मनु स्मृति किताबको आडमा मान्छेलाई कथित दलितको बिल्ला भिराउनु कहाँको बुद्धिमानी हो ? 

दलित भनेको के हो ? के काम गरी खाने वर्गलाई अछुत भनिएको हो ? कि कथित दलित भनिएकाहरू युद्ध हारेर अर्कै संसारबाट आएका हुन् ? यो प्रश्नको उत्तर कथित उपल्लो जातका व्यक्तिले दिनै पर्छ । 
जातपात यो समाजका कथित उपल्लो तहका व्यक्तिले फैलाएको भ्रम हो । उनीहरूले दलितलाई मान्छेको श्रेणीमा राख्न नचाहेको परिणाम हो । पुरानो ग्रन्थ मनु स्मृति किताबको आडमा मान्छेलाई कथित दलितको बिल्ला भिराउनु कहाँको बुद्धिमानी हो ? 

कुनै सम्प्रदायमा जन्मने बित्तिकै ठुलो जात हुन्छ भन्नु मूर्खता हो । मानव समुदायप्रति सद्भाव, सत्कर्म अनि उत्कृष्ट विचार र चिन्तनशक्तिको आधारमा मान्छे ठुलो वा सानो हुन्छ । वास्तवमा मानव जातिको हितका लागि कर्म गर्ने मान्छे बाहुन हो, त्यो जुनसुकै सम्प्रदायमा परोस्, क्षेत्री, आदिवासी, किराँती जे भए पनि । 

जसको सोच उच्च छ, त्यो नै ब्राह्मण हो । तर, सोच नीच भएको मानिस ब्रह्म कुलमा जन्मेको छ भने पनि त्योभन्दा पाखण्ड अरू कोही होइन । त्यसलाई दलितभन्दा हुन्छ । 

राज्यले जात विभाजन गरेर मानिसबिच विभेद सृजना गरेको छ । यसलाई बदल्नुपर्छ । मान्छेको कुनै जात हुँदैन । 

यसबारे तत्काल बहस सुरु गरिनुपर्छ । तर, राज्य यसबारे मौन छ । यो राजनीतिक नेताको रणनीति पनि हुनसक्छ । उनीहरू छेपारे कुरा गरी यो प्रवृत्ति जोगाउन लागिपरेका छन् । 

दलित शब्द हटाउनुपर्छ कि पर्दैन ? एक पक्षले भन्छ– यसबारे आवेगमा हस्तक्षेप गर्नुहुँदैन । किनभने यो समस्या भर्खरै उब्जिएको पनि होइन । यो लामो समयदेखि समाजमा जरो गाडेको समस्या हो । तर, अर्को पक्षले भने जसरी भए पनि दलित शब्द नै हटाउनुपर्ने बताइरहेको छ । यसबारे पर्याप्त छलफल गरेर निष्कर्षमा पुग्ने कि ?