रोबोटिक मेशिनले ६ दिन लागाएर १८ हजार टन तौल भएको केबल घुमाइयो

रोबोटिक मेशिनले ६ दिन लागाएर १८ हजार टन तौल भएको केबल घुमाइयो

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ ३१, २०७६

काठमाडौं, एजेन्सी । चीनको हुबेई प्रांतको वुहान शहरमा यांग्सी नदीको नजिकै बनेको पुलकोे २४८ मिटर लामो तथा १८ हजार टन तौल भएको केबललाई पुल मुनि बन्दै गरेको रेल्वे लाइनको काम सजिलोसँग गर्न सकियोस भनेर घुमाइएको छ । 

यो पुल २ किलोमिटर लामो छ । पुलको ४६ मिटर चौडाई भएको भागलाई घुमाइएको हो । इंजीनियरहरुका अनुसार यो डबल डेक सस्पेंशन ब्रिज हो । यसले यांग्सी नदीको किनारामा बसेको दुईवटा ठूलो इलाकालाई जोड्छ । 

रोबोटिक मेशिनलाई ६ दिन लाग्यो घुमाउन 

रेल्वे लाइन बनिसकेपछि पुलको यो भागलाई सस्पेंशनको मद्दतले अझ माथि उठाइनेछ । ताकि भविष्यमा रेल आवत जावत गर्दा कुनै किसिमको व्यवधान व्यर्होनु नपरोस । इंजीनिरहरुका अनुसार रोबोटिक मशीनको मद्दतले केबललाई घुमाउन ६ दिन लागेको थियो ।