संविधान दिवसको अवसरमा सरकारी अस्पतालमा ओपीडी सेवा नि:शुल्क

संविधान दिवसको अवसरमा सरकारी अस्पतालमा ओपीडी सेवा नि:शुल्क

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ ३१, २०७६

काठमाडौं । संविधान दिवसको अवसर पारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी २ असोजका दिन देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा नि:शुल्क गर्ने भएको छ ।

संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा हर्सोल्लाषपूर्वक मनाउने सरकारको योजनाअनुसार देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा नि:शुल्क गर्ने निर्णय गरेको हो ।
यसअनुसार आगामी २ असोजका दिन संघअन्तरर्गत अस्पताल, प्रदेश स्तरका अस्पताल, जिल्ला तथा प्राथमिक स्वास्थ्य केन्द्रदेखि सबै स्वास्थ्य संस्थाले लिने ओपीडी शुल्क नलिनसमेत मन्त्रालयले  निर्देशन दिइसकेको छ । 

संविधान दिवसको अवसरमा सरकारले यसअघि पनि यस्ता छुट भने दिएका थिए ।