मिस र मिस्टर ब्लाइन्ड रकर्स स्मारिका र सौगात

मिस र मिस्टर ब्लाइन्ड रकर्स स्मारिका र सौगात

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ ३१, २०७६

यस वर्षको मिस र मिस्टर ब्लाइन्ड रकर्स स्मारिका पोख्रेल र सौगात वाग्ले हुनुभएको छ ।

यसैगरी टीकाराम आले फस्र्ट रनरअप र सम्झना रिजाल, बेस्ट स्माइल प्रतिभा राई, वेस्ट ह्वाइट केन वाक सन्जिया श्रेष्ठ, वेस्ट फ्रेन्डसीप अनिस ढकाल, वेस्ट ट्यालेन्ट स्मारिक पोख्रेल, मोस्ट पङ्च्युअल त्रिसा लामा, मोस्ट रेस्पोन्सिवल सावित्री पौडेल, मोस्ट जोली निश्चल सिवाकोटी रहेका छन् ।

४० जना सहभागीहरूबाट विभिन्न चरणमा गरी छानिएका २१ जना प्रतियोगीहरूमध्येबाट यी प्रतियोगी छानिएका हुन् ।

दृष्टिविहीन युवायुवतीको क्षमता अभिवृद्धि गरी उनीहरूभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्नका लागि गत वर्षदेखि मिस एण्ड र मिस्टर ब्लाइन्ड रकर्सको आयोजना गरिएको हो । 

व्लाइन्ड रक्स नामक संस्थाले आयोजना गरेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष सृष्टि केसीले दृष्टिविहीनलाई समाजले हेर्ने मानसिकतामा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभयो ।

आँखा नदेख्दैमा उसको क्षमतालाई कम आँकलन गर्ने र दयाको पात्र बनाउने परिपाटी अन्त्य गर्नका लागि आफूले देशभर छरिएर रहेका दृष्टिविहीनहरूलाई एकीकृत गरी उनीहरूको सशक्तीकरणका लागि विभिन्न कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ थियो ।

अध्यक्ष केसी १६ वर्षको उमेरमै डाक्टरको लापरवाहीका कारण दृष्टिविहीन हुनुभएको थियो । हाल उहाँ अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकरको रूपमा परिचित हुनुहुन्छ ।
संस्थाले दृष्टिविहीन युवा तथा अन्य व्यक्तिहरूलाई समेत क्षमता अभिवृद्धिसम्बन्धी तालिम, डान्स कक्षालगायतका विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

सन् २०१७ की मिस नेपाल दीपिका चण्दक र संचारकर्मी तथा नेपाल टेलिभिजनकी कार्यक्रम निर्माता रूपा शर्मा नेहा प्रतियोगितामा निर्णायक हुनुहुन्थ्यो ।