नेविसंघ अध्यक्ष महरद्वारा राजीनामा

नेविसंघ अध्यक्ष महरद्वारा राजीनामा
नैनसिंह महर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २८, २०७५

काठमाडौं । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनुभएको छ । 

अध्यक्ष महरले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनुभएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । सभापति देउवाले आजै महरको राजीनामा स्वीकृत गर्नुभएको छ । 

संघको वर्तमान कार्यसमितिको म्याद माघ २ गते सकिएकाले अध्यक्ष महरले राजीनामा दिनुभएको हो । संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । त्यसपछि दुई पटक गरी पाँच महिना समयावधि थप भएको थियो । 

यसअघि काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा संघको कार्यसमिति सम्बन्धमा समयावधि थप बढाई महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल भएको थियो । संघको महाधिवेशन गर्नका लागि काङ्ग्रेसले संघको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको खबर राससमा छ ।