टोकियो विश्व कै सर्वाधिक सुरक्षित र शान्त शहर, कराँची  ५७औं स्थानमा

टोकियो विश्व कै सर्वाधिक सुरक्षित र शान्त शहर, कराँची  ५७औं स्थानमा

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ३१, २०७६

काठमाडाैँ , एजेन्सी । कुनै पनि देशका नागरिकले सरकारसँग गर्ने अनेको अपेक्षा मध्ये शान्ति सुरक्षाको चाहना पहिलो प्राथमिकतामा पर्छ।

संसारभर नै तीव्र रूपमा शहरीकरण हुदै गईरहेको छ । शहर जहाँ लाखो -करोडो मानिसले बसोबास गर्छन ।यस्तोमा प्रशासनलाई नागरिक सुरक्षा र शान्ती सुरक्षा कायम  गर्नु ठूलो चुनौती  हुने गरेकाे छ । ।हालै सिंगापुरमा यसै विषयलाइ लिएर व्यापक चर्चा परिचर्चा  भएकाे समाचार छ । यस चर्चामा अनेको योजनाविद् ,उद्यमी र उधोगजगत सम्बन्धी विज्ञहरुले सहभागिता  रहेकाे थियाे ।

यस संगोष्ठीमा शहरी जीवन ,साइबर सुरक्षा र वातावरण परिवर्तन बारे पनि बृहद  रुपमा चर्चा भएको थियो  ।

गोष्ठीले विश्वका सर्वाधिक सुरक्षित शहरहरुको सूचि सार्वजनिक गरेको थियो । त्यहाँ सार्वजनिक गरिएका सूचि अनुसार  जापानको टोकियो शहर 'ओभरअल रयांक' मा सर्वाधिक अंक ल्याउने विश्वको सबैभन्दा सुरक्षित र शान्त शहरमा परेकाे  छ ।


यस पंक्तिमा  सिंगापूर दोश्रो,ओसाका तेश्रो, ऐम्स्टर्डैम चाैथाे ,सिडनी पाँचाै , टोरंटो  छैठाैं, वाशिंगटन साताै‌, कोपेनहेगन आठाै‌ं , सियोल नऔं  र मेलबोर्न १०  औं नंम्बरमा रहेका छन ।

छिमेकी मुलुक भारतका दुइ शहर मुंबई र दिल्ली क्रमश ४५औं तथा ५३ औं स्थानमा परेका छन । प्रसिद्द पर्यटकीय शहर बैंकक  मुंबईपछि  ४६ ओ स्थान मा रहेको छ ।बॉग्लादेशको ढाका ५६ औं स्थानमा तथा पाकिस्तानको कराँची  ५७औं स्थानमा  रहेका छन।