शवले पनि  हलचल  गर्ने वैज्ञानिक विल्सनद्वारा दावी

शवले पनि  हलचल  गर्ने वैज्ञानिक विल्सनद्वारा दावी

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  आश्विन १, २०७६

काठमाडौं, एजेन्सी । आफ्नो अनुसन्धान पछि प्राप्त नतिजाका आधारमा मरिसकेपछि पनि मानिसको शवले हलचल गर्छ भन्ने दावी अस्ट्रेलियाका वैज्ञानिक एलिसन विल्सनले गरेका छन् ।

यसका लागि उनले एउटा लाशमाथि १७ महिनासम्म अध्ययन गरेका थिए । जसका लागि उनले लाशको हरेक चाललाई क्यामरामा पनि उतारेको उनकाे दवी रहेको छ  । 

एलिसनको भनाई छ - मरिसकेपछि पनि मानव शरीरले केही न केही हलचल गरिरहेको हुन्छ । यसैकारण कैयौं पटक मृत शरीर पनि जिउँदो हो कि भन्ने भ्रम हुन जान्छ ।  

उनका अनुसार  अनुसन्धानको प्रारम्भमा शवको हात जोडेर राखिएको थियो । समय बित्दै जाँदा भने हात खुल्दै गएको पाइयो । उनलाई लाग्यो शायद यो डीकंपोजिशनका कारण भएको हो । तर, जब बिस्तारै शरीर सुक्दै गयो, शरीरमा हचलच पनि बढ्दै गयो । 

उनी भन्छन, यो अनुसन्धानका लागि शवको हलचल अध्ययन गर्न टाइम ल्याप्स क्यामरा लगाइएको थियो, जसले हरेक ३० मिनेटमा शवको तस्वीर लिने गर्दथ्यो ।