सहकारीको  सेफ चोरी कार्यमा संलग्न २ जना पक्राउ

सहकारीको  सेफ चोरी कार्यमा संलग्न २ जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १, २०७६

 काठमाडौं । काठमाडौं महानगरपालिका- ३२ पेप्सिकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारीबाट भदौ २५ गते चोरी गरी लगेको सेफ सहित २ जनालाई  २०७६ भाद्र ३१ गते सोमबार काँडाघारीबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका-४ ठेगाना भएका १८ वर्षीय सुनिल थापा मगर र सोही गाउँपालिका-७ ठेगाना भएका २१ वर्षीय दानबहादुर थापा मगर रहेको नेपाल प्रहरीले अपराध महाशाखा जनाएको छ ।            

उक्त सहकारी संस्थाबाट फलामको ८५ केजी तौलको सेफ तथा उक्त सेफमा रहेको नगद ७ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ र विभिन्न व्यक्तिका कागजात लगायतका महत्वपूर्ण सामान चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई खोजी गर्ने क्रममा सुनिल र दानबहादुरलाई उक्त चोरी गरी लगेको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, मोबाइल १ थान र नगद ५३ हजार रुपैयाँ सहित महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको समेत अपराध महाशाखा टेकुले जानकारी दिएकाे छ ।