सारङ्गी–आर्केष्ट्रा पहिलो पटक २०७६ असोज २ मा

सारङ्गी–आर्केष्ट्रा पहिलो पटक २०७६ असोज २ मा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन १, २०७६

 काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ ।

मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका निमित्त नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भसमेत जोडेर आयोजना गरिने उक्त फरक शैलीको सांस्कृतिक/साङ्गीतिक कार्यक्रम २०७६ असोज २ गते साँझ ५ बजे जमलस्थित सांस्कृतिक संस्थानको प्रेक्षालयमा आयोजना गरिने सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ अशोक राईले जानकारी दिनुभएकाे छ ।

प्राज्ञ राईका अनुसार उक्त कार्यक्रममा कलाकार समूहले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मौलिक नेपाली लोकधुनहरूको विशेष प्रस्तुति समेत रहने छ ।