ब्याडमिन्टनको स्वर्ण पदक विजेता सिन्धुसँग ७० वर्षीय वृद्धको बिहे गर्ने हठ !

ब्याडमिन्टनको स्वर्ण पदक विजेता सिन्धुसँग ७० वर्षीय वृद्धको बिहे गर्ने हठ !

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन १, २०७६

काठमाडौं, एजेन्सी । खेलाडीप्रति फ्यानको लगाव त सामान्य कुरा हो । तर, एक ७० वर्षीय वृद्धले खेलाडीसँग नै बिहे गर्ने र नपाए अपहरण नै गर्ने भनेपछि अहिले ती वृद्ध चर्चाको शिखरमा रहेका छन् । 

भारतको तामिलनाडुका ७० वर्षीय ती वृद्ध ब्याडमिंटनको स्वर्ण पदक विजेता खेलाडी पीवी सिन्धुसँग बिहे गर्ने इच्छा जाहेर गरेका छन् । उनले इच्छा मात्र जाहेर गरेका होइनन् कि सिन्धुसँग बिहे गर्ने आवेदन लिएर उनी कलेक्ट्रेट कार्यालय पुगेका छन् । 

मलायसामी नाम गरेका ती वृद्धले यदि बिहेको सबै तयारी नगरेका खण्डमा सिन्धुलाई अपहरण गर्ने बताएका छन् । 

स्थानीय अखबारका अनुसार जनसुनवाईका क्रममा कलेक्ट्रेट कार्यालय पुगेका मलायसामीले ब्याडमिंटनको स्वर्ण पदक विजेता खेलाडी पीवी सिन्धु तथा आफ्नो तस्वीरका साथ एक पत्र दिएर कलेक्टरसँग सिन्धुसँग बिहे गर्ने इच्छा व्यक्त गरेका थिए । 

उनले आफू ७० वर्ष भएको र एउटा १६ वर्षको छोरा समेत रहेको बताए । कलेक्टर कार्यालयले उनको आवेदन अस्वीकृत गर्दै भनेको छ कि उनको मानसिक अवस्था ठीक भए नभएको जाँच गरिने बताएका छन् ।