यी हुन् शरीर स्वस्थ राख्न यो मौसममा ध्यान दिनुपर्ने कुरा

यी हुन् शरीर स्वस्थ राख्न यो मौसममा ध्यान दिनुपर्ने कुरा

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  आश्विन १, २०७६

काठमाडौं । वर्षा वा गर्मी समयमा हामीलाई सामान्यदेखि जटिल खालका समस्याले सताउने गर्छ ।

यो मौसममा वर्षाको कारण कपालदेखि छाला तथा शरीरका विभिन्न अगंमा असर गर्ने गर्छ । पसिनाका कारण कतिपय मानिसको टाउकामा फंगल इन्फेक्सन हुन्छ, जुन डेन्ड्रफको सबैभन्दा ठूलो कारण बन्छ ।

यसले गर्दा यस मौसममा धेरै ख्याल गर्नुपर्छ । यो मौससमा शरीर सुख्खा हुने भएकाले शरीरको ख्याल गर्नुपर्छ । यस्तै, यो मौसममा हरेक दिन सकेसम्म गुणस्तरीय एन्टी डेन्ड्रफ स्याम्पुको प्रयोग गर्नुपर्छ ।

यो मौसममा यी कुरामा ध्यान दिनुहोस्

सरसफाइ

वर्षाको मौसममा घरबाहिर हिँड्दा संक्रमण हुने सम्भावना धेरै हुने भएकाले सरसफाइमा धेरै ध्यान दिनुपर्छ ।

हात, अनुहार र खुट्टाको सफाइमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा दुई पटक अनुहार सफा गर्नु राम्रो हुन्छ । यस्तै, वर्षाको मौसममा छालाको छिद्र बन्द हुने संभावना रहन्छ । त्यही कारण अनुहारमा मुसा, घाउ खटिरा आदि आउन सक्छन् । त्यसैले कुनै राम्रो एन्टी ब्याक्टेरियल टोनर प्रयोग गर्नुहोस् । टोनरको स्थानमा गुलाब जलको पनि प्रयोग गर्न सकिन्छ ।

नियमित मोस्चराइजेसन गर्नुहोस्

यस मौसममा शरीर धेरै सुख्खा हुने गर्छ, जसले गर्दा शरीरलाई सुख्खा हुनबाट जोगाउनुपर्छ । यसले गर्दा छाला फुस्रो हुने तथा फुट्ने जोखिमबाट बच्न सकिन्छ ।

वर्षामा छालालाई पोषणको जरुरी हुन्छ । वर्षामा पटक पटक पानीमा रुझ्दा छाला सुख्खा भइसकेको हुन्छ । यस्तोमा मोस्चराइजर लगाउनु लाभदायक हुन्छ । सम्भव भएसम्म आयल फ्रि मोस्चराइजर लगाउनु राम्रो हुन्छ नभए ओलिभ आयलले मसाज गर्दा पनि राम्रो हुन्छ ।

घामबाट बच्नुहोस्

पानी परिसकेपछि जब घाम लाग्छ,  त्यो धेरै चर्को हुन्छ । त्यसैले पानी परिसकेपछिको घामबाट बच्नुपर्छ । यसका लागि सन स्क्रिन क्रिम लगाउनुपर्छ । यसले घामको अल्ट्रा भायलेट किरणबाट छालालाई सुरक्षित राख्छ ।

शरीर ढाक्ने कपडा लगाउनुहोस्

यो मौसममा देखिने एक प्रमुख समस्या हो, एलर्जी । विभिन्न कारणले हाम्रो शरीरमा एलर्जी  देखिने गर्छ । यस कारण घरबाहिर निस्कँदा सकेसम्म शरीर पूरै ढाक्ने कपडा लगाएर निस्किनुपर्छ । यसो गर्दा शरीरमा कुनै पनि संक्रमण हुन पाउँदैन ।