एउटै गाउँमा मात्र ३०० ट्रक चालक !

एउटै गाउँमा मात्र ३०० ट्रक चालक !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २, २०७६

काठमाडौं, एजेन्सी । भारतको विहार राज्यको मोतीविगहा गाउँ आज ड्राइभरको गाउँको रुपमा परिचित छ ।

जहाँ करीब ३०० ट्रक चालक छन् भने उनीहरु मध्ये २०० जनाको आफ्नै गाडी  समेत छ । जसमा ४० वटा ट्रक, ५० मालवाहक वाहन तथा ११० अटो लगायत अन्य गाडी रहेका छन् । 

मोतीविगहा चालकको गाउँ बन्न ५ दशक पहिलेबाट शुरु भएको हो । जिल्लाको सदर प्रखंड गोनावां पंचायतका गोनावांडीहका मथुरा सिंह  उक्त गाउँकाे पहिले ट्रक ड्राइभर थिए ।

उनीसँगै घुम्न निस्किएका गोनावा मोतीविगहाका कपिल यादव ट्रक डाइभर बनेर उनको स्थितिमा सुधार आएपछि ड्राइभर बन्ने सिलसिला शुरू भएको हो । 

गाउँका तीन पिंढी देखि यो परंपरा धानिदै आएको छ । अहिले पहिले ड्राइभरी शुरु गरेका धेरैका छोरा नाती पनि यहि पेशा अंगाल्दै आएका छन् । केहीको भने दुर्घटनामा मृत्यु समेत भएको  छ ।