बल्बका आविष्कारक

बल्बका आविष्कारक

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  माघ २८, २०७५

 

जन्म : — ११ फरवरी १८४७

देहान्त नः —१८ अक्टोबर १९३१  

थोमस अल्बा एडिसन महान् आविष्कारक एवं सफल अमेरिकी व्यवसायी थिए । फोनोग्राफ, विद्युत् बल्ब लगायतका अनेकौँ आविष्कारक लागि विश्वले उनलाई सधैँ सम्झिरहने छ । 

कर्म क्षेत्र नः— भौतिक विज्ञान, विद्युत् भौतिकी एवं व्यापार ।

शिक्षा नः— एडिसनले कुनै पनि औपचारिक शिक्षा प्राप्त गरेनन् ।

विशेष खोज नः— फोनोग्राफ र विद्युत् बल्ब 

पुरस्कार नः— म्याटेउसी मेडल १८८७, जोन स्काँट मेडल १८८९, कांग्रेसनल मेडल    १९२८ 

कार्य नः— एडिसनले आफ्नो जीवनमा १०९३ आविष्कार आफ्नो नाममा पेटेन्ट गराए । ‘इलेक्ट्रिक पावर जेनेरेशन’, ‘मास कम्युनिकेशन’ र ‘साउण्ड रेकर्डिङ’को क्षेत्रमा यिनको महत्त्वपूर्ण योगदान रह्यो । ‘मोशन पिक्चर क्यामरा’,‘फोनोग्राफ’को आविष्कार । औद्योगिक र व्यावसायिक रूपमा ‘रिसर्च ल्याबोरोटरी’को स्थापना गर्ने श्रेय पनि एडिसनलाई नै प्राप्त छ ।