अभिनेता ब्रैड पिटको अंतरिक्ष यात्री निक हेगसँग बातचित !

अभिनेता ब्रैड पिटको अंतरिक्ष यात्री निक हेगसँग बातचित !

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  आश्विन २, २०७६

काठमाडौं, एजेन्सी । हलिउड अभिनेता ब्रैड पिटले १६ सेप्टेम्बरका दिन इंटरनेशनल स्पेस स्टेशन (आईएसएस) मा रहेका अमेरिकी अंतरिक्ष यात्री निक हेगसँग बातचित गरेका छन् ।

उनको आउन लागेको फिल्म ‘एड एस्ट्रा’ को प्रमोशनका लागि गरिएको कार्यक्रममा उनले फोनमा भारतीय चन्द्रयानका बारेमा पनि निकलाई सोधेका थिए । उनले चन्द्रमामा भारतीय चन्द्रयानको असफल ल्याण्डिंग देख्यौ भनेर पनि निकलाई सोधेका थिए । जवाफमा निकले आफूले नदेखेको बताए । 

आईएसएसमा हाल रहेका अंतरिक्ष यात्रीलाई पहिले नै एड एस्ट्रा फिल्म देखाइएको थियो । २० मिनेटको उक्त भिडियो कलका दौरान पिटले निकसँग आफ्नो तथा जान क्लूनीको अभिनयमा कसको राम्रो लाग्छ भनि सोधेका थिए । यसको उत्तर भने निकले हाँस्दै बै्रड पिट सर्वश्रेष्ठ रहेको बताए । क्लूनीले २०१३ मा बनेको स्पेस फिल्म ग्रयाभिटीमा काम गरेका थिए । 

यसका अलावा पिटले निकसँग आईएसएसमा हुने जीवनक बारेमा सोधेका थिए । निकले पिटलाई बधाई दिंदै उनको सेट बिल्कुल अंतरिक्ष स्टेशन जस्तै रहेको पनि बताए । कुराकानीको अन्तमा पिटले आफूले यस कलको बारेम बच्चाहरुलाई बढाई चढाई गरेर भन्ने बताए ।